पकरबास वडा कार्यालय निर्माण जटिल बन्दै : स्थानीयको चर्को बिरोध, तयार पारेको ‘लेआउट’ भत्काइदिए

| बैशाख २७, २०८० बुधबार

वडा कार्यालय निर्माण हुने ठाउँ, तस्बिर स्रोत वडा अध्यक्ष मनोज पौडेल
A A A
A A A

२७ वैशाख, रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं ५ पकरवासको वडा कार्यालय निर्माणको काम जटिल बन्दै गएको छ । वडाले कुनै पनि हालतमा कार्यालय निर्माण गर्ने अडान लिएर काम अगाडि बढाउँदा स्थानीयहरूले पटक–पटक ‘लेआउट्’ भत्काइदिन थालेपछि कार्यालय निर्माणको काम थप जटिल बन्दै गएको हो । 

 

यस अगाडि देखिनै हाल कार्यालय रहेको ठाँटीमा वडा कार्यालय भवन निर्माण गर्न नहुने भन्दै त्यहाँका केही स्थानीय आन्दोलित हुँदै आएका छन् । अपायक ठाउँमा वडा अध्यक्ष मनोज पौडेलको बलमा कार्यालय बनाउन लागिएको बिरोद्धमा यस अगाडि आन्दोलन गर्दै पर्दशन समेत भएको थियो । तर, वडा अध्यक्ष पौडेल भने वडाकै सबै भन्दा सुगम भूगोल भएको र पटक–पटकको छलफल, पालिकाको निर्णय, सर्वदलीय बैठकको निर्णयबाट त्यही ठाउँमा भवन बनाउन उपयुक्त हुने जिकिर सहित काम अगाडि बढाएको छन् । 

 

चालु आर्थिक वर्षको ६८ लाख बजेटमा निर्माण हुन लागेको सो भवन एक तले (६ कोठे) बन्ने छ । तर, निर्माण कार्यमा भने अवरोध देखिएको हो । 

 

वडा अध्यक्ष पौडेलले भवन बनाउनको लागि अवरोध भएको भन्दै त्यसबाट घटना सक्ने सम्भावित दुर्घटनालाई मध्ये नजर गरेर जिल्ला प्रशासन, प्रहरी, गाउँपालिका लगायतलाई सुरक्षाको माग सहित पत्र पठाएर काम अगाडि बढाएका छन् । ‘खबर गर्ने सबै निकायलाई गरेको छु । त्यही पनि अस्ति र आज गरी २ पटक लेआउट भत्काइदिइसके । अब जनताको साथ लिएर काम गर्नुको विकल्प देखिन । आज भएको घटनाको बारेमा पालिका अध्यक्ष सहित बसेर के गर्ने भन्ने विषयमा छलफल गर्दैछौं अध्यक्ष पौडेलले’ रामेछाप टाइम्ससंग भने ।

 

आज देखि वडा कार्यालयको निर्माणको काम अगाडि बढाउन पालिकाका केही कर्मचारी सहित नक्सा, प्राविधिक स्टमेट् गरिएको थियो । 

 

पालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले भने कार्यपालिकाले निर्णय गरेर पठाइ सकेकाले आफूहरूले बोल्न नमिल्ने स्पष्ट पारे । विभिन्न समयमा निर्णय गरी सकेकाले अब के गर्ने भन्ने वडा अध्यक्ष जिम्मेवार रहेको उनको भनाई छ ।