वडा अध्यक्षले आफूमाथि हातपात गर्न स्थानीय उचालेको आरोप लगाएपछि समन्वय प्रमुखले भनिन् ‘आश्चर्यमा परे, अनुमानको कुरा नगर्नुहोस्’

| बैशाख २९, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

२९ वैशाख, रामेछाप । वडा कार्यालय निर्माण विवादमा आफूमाथि हातपात हुनुमा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की) हत रहेको आरोप वडा अध्यक्षले लगाएपछि प्रमुख कार्कीले उक्त आरोपले आफू आश्चर्यमा परेको बताएकी छन् । रामेछाप टाइम्ससंग शुक्रवार बिहान कुराकानी गर्दै प्रमुख कार्कीले भनिन् ‘यो आरोप वडा अध्यक्ष जतिको मान्छेले किन लगाउनु भयो म छक्क परेको छु ।’

 

हिजो वडा अध्यक्ष पौडेलमाथि केही स्थानीयहरूले बाटो छेकेका थिए । आफूलाई हातपात गर्न स्थानीयहरूलाई उक्साएको आरोप लगाएपछि समन्वय समितिकी प्रमुख कार्कीले भने अनुमानको भरमा गलत कुरा नगर्न आग्रह गरेकी हुन् । वडा अध्यक्षले अनुमानको कुरा गर्न नमिल्ने प्रमुख कार्कीको सुझाव छ । 

 

उनले रामेछाप टाइम्संग कुरा गर्दै आफू सबैको भलो होस् भन्ने पक्षमा रहेको सुनाउँदै हुँदै नभएको कुरा गरेर यस्तो झुटो आरोप नलगाउन आग्रह गरिन् । 

 

उनले भनिन् ‘हामी ८ वटै स्थानीय तहको अनुगमन गर्ने क्रममा बिहीबार खाँडादेवी गएका हौँ । योजना अनुगमन गरेर फर्किँदा बाटोमा त्यहाँका स्थानीयहरूसँग गाडी रोकेर केही छिन कुरा भएको हो । त्यसमा सामान्य कुराकानी मात्रै भएको छ । त्यति बेला खाँडादेवीको प्रहरी पनि हुनुहुन्थ्यो । हाम्रो टिम थियो । स्थानीयहरूले गुनासो भने सुनाए । हामीले सुन्यौँ । त्यति हो । कसैलाई उचाल्ने त्यस्तो काम मबाट हुँदैन । त्यो किन भन्नुभयो उहाँलाई थाहा होला ।’ 

 

उनले थपिन् ‘मसबै ठाउँका जनताले सेवा पाउन भनेर समन्वय गर्ने काम हो । अध्यक्षलाई पहिले देखिनै विरोध भएको हिसाबले मैले सबैलाई पायक पर्ने ठाउँमा बनाउनुहोला भनेको हो । पालिका अध्यक्षसँग पनि यही विषय राखेकी छु । अन्य केही छैन ।’

 

आफूले खाँडादेवी किन गएको र के–के भए भन्ने विषयमा पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ पनि जानकार रहेकाले उहाँबाट पनि स्पष्ट हुने वडा अध्यक्षलाई आग्रह गरिन् 

 

वडा अध्यक्षले लगाएको कुरा आफूले सोच्दा पनि नसोचेको बताउँदै त्यसको पछि आफू नलाग्ने स्पष्ट पारिन् ।   

यो पनि पढ्नुहोस् ।
पकरवास वडा भवन निर्माण विवादः अध्यक्ष भन्छन् ‘माथि गाउँलेले हातपात गरे, मोटरसाइकल पनि तोडफोड भयो’
पकरबास वडा कार्यालय निर्माण जटिल बन्दै : स्थानीयको चर्को बिरोध, तयार पारेको ‘लेआउट’ भत्काइदिए