गोकुलगंगा गाउँपालिका : वैशाख मसान्त सम्म ५५.९४ प्रतिशत बजेट खर्च (भिडिओ/पूर्णपाठ)

| बैशाख ३१, २०८० आइतबार

A A A
A A A

३१ वैशाख, रामेछाप । गोकुलगंगा गाउँपालिकाले चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो चौमासिक सम्ममा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्षको करिब–करिब अन्त्यमा आइपुग्दा यो पालिकाले चालु तर्फ रु ३३ करोड ८७ लाख ८० हजार र पुँजीगत तर्फ रु ३१ करोड ४१ लाख ६६ हजार गरी जम्मा रु ६५ करोड २९ लाख ४६ हजार विनियोजन भएकोमा चाल तर्फ हाल सम्म रु २२ करोड ५ लाख ९३ हजार ९ सय १४ रुपैयाँ १४ पैसा ६५‍.११ प्रतिशत पुँजीगत तर्फ रु १४ करोड ४६ लाख ९६ हजार ४१४ रुपैयाँ ९३ पैसा अर्थात् ४६.०५ प्रतिशत रकम खर्च भएको जनाएको छ । 

 

चालु र पुँजीगत गरी कूल रु ३६ करोड ५२ लाख ९० हजार ४ सय ४ रुपैयाँ ०८ पैसा अर्थात् ५५.९४ प्रतिशत खर्च भएको जनाएको हो । 

गोकुलगंगा गाउँपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाइ प्रहार मिडिया प्रा.लि रामेछापले सहजीकरण गरेको थियो । उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाले पले उक्त बजेट खर्च भएको जानकारी गराएका हुन् । 

 

पालिकाको सेवा प्रवाह र विकास निर्माण कार्यमा समग्रमा  चालु आर्थिक वर्षमा ५५.९४ प्रतिशत खर्च भएको जनाएको हो । 

 

‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र जलविद्युत, पूर्वाधार– सुन्दर,समुन्नत र समृद्ध गोकुलगंगा निर्माणको आधार सहित विकास निर्माणमा अगाडि बढेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत थापाले गाउँपालिकाको नारा र सङ्कल्पलाई यथार्थमा रूपान्तरण गर्ने अभियानमा लागि परेको बताए । 

पालिकालाई समृद्ध बनाउने योजना अनुसार सार्वजनिक सेवा प्रवाहका लागि गाउँपालिकाको प्रशासकीय भवन, ६ वटै वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन र गोकुलगंगा अस्पताल भवन निर्माण भई कार्यालय सञ्चालन भएको र नयाँ ५ तले लिफ्ट सहितको सुविधा सम्पन्न भवनको कार्य गत आ.व. २०७८÷०७९ देखिने सुरु भई निर्माणाधीन अवस्थामा रहेको उल्लेख गरे । 

 

गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को सभाध्यक्ष एवं प्रमुख वक्ता, उपाध्यक्ष उषा कार्की, ६ वटै वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकार महासङ्घ, वडा, गाउँ कार्यपालिका सदस्य, विभिन्न सङ्घसंस्था, बुद्धिजीवी, समाजका अगुवाहरू, स्थानीय सहितको उपस्थितिमा भएको सार्वजनिक सुनुवाइ पालिकाको सभा हलमा भएको थियो । 

प्रश्न र गुनासो सुनाउँदै स्थानीय 

पालिकाका अध्यक्ष (दिनेश) ले समग्रमा आफूहरू पालिकालाई समृद्ध बनाउने यात्रामा लम्किँदै गरेको जानकारी गराउँदै सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले स्थानीय कला, धर्म, धार्मिक स्थल, सडक, शिक्षा, पर्यटन, खानेपानी, कृषि जस्ता समग्रमा प्रगति हुँदै गरेको सुनाउँदै उक्त कार्यको लागि आफूहरू प्रदेश र सङ्घीय सर कारसँग पनि सहकार्य गरेर अगाडि बढी रहेको बताए । 

 

पालिका अध्यक्ष खड्काले आफूहरूको नेतृत्वमा भएका काम १०० औँ वर्षलाई लक्षित गरेर अगाडी बढेको जिकिर गरे । 

के-के भने पालिका अध्यक्ष दिनेशले भिडिओमा हेर्नुहोस् पूरा

त्यस्तै उपाध्यक्ष कार्कीले स्वागत मन्तव्य दिँदै आफूहरू निर्वाचित भएर आएपछि सुधारका धेरै बाटोहरू आशातीत तरिकाले अगाडि बढिरहेको सुनाइन् । 

 

प्रमुख प्रशासकिय अधिकृत होमबहादुर थापाले प्रस्तुत एवं सार्वजनिक गरेको पालिकाको वैशाख मसान्त सम्मको प्रगति विवरण हेर्नुहोस्

यो भिडिओ पनि हेर्नुहोस् । गाउँपालिकाको सार्वनिक सुनुवाइमा कसले के भने ?