१५ करोड बढी लागतमा बनेको सुविधा सम्पन्न विद्यालय भवन मन्थली माविलाई हस्तान्तरण (फोटोफिचर)
२ जेठ, रामेछाप । १५ करोड भन्दा बढी लागतमा बनेको सुविधा सम्पन्न विद्यालय भवन मन्थली माविलाई हस्तान्तरण गरिएको छ । सोमबार नवनिर्मित भवनको प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कटेलले उद्घाटन एवं हस्तान्तरण गरेका हुन् ।
एसियाली विकास बैँक (एडिबी) को कूल १५ करोड ८६ लाख ४७ हजार ५५३ रुपैयाँ लागत खानी निर्माण सेवा प्रा.लि. ले निर्माण गरेको उक्त ३६ कोठे भवनको चाबी मुख्य मन्त्री जम्कटेल मार्फत विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहाललाई हस्तान्तरण गरेका हुन् ।
१५ कराेडमा बनेको सुविधा सम्पन्न भवन प्रदेशका मुख्य मन्थली शालिकराम जम्कटेलबाट उद्घाटन || मन्थली माविलाई हस्तान्तरण
कक्षा १२ सम्म गरी कुल २ हजारको हाराहारीमा विद्यार्थी पठनपाठन गर्दै आएको जिल्लाकै सदरमुकाम मन्थली स्थित ‘नमुना’ मावि मन्थलीमा नयाँ भवन बनेसँगै पठनपाठन थप व्यवस्थित गर्न सहयोग पुगेको उद्घाटन सभामा शिक्षक नाराद थापाले उद्घोष गरे ।
मन्थली माविका विद्यार्थीहरु प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेल उपस्थित भवन उद्घाटन कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्दै
नयाँ अत्याधुनिक सुविधा सम्पन्न मिटिङ हल सहित भूकम्प प्रतिरोधी ती भवनहरू बनेपछि विद्यार्थीहरू हर्षित बनेका छन् । यसले विद्यार्थी र शिक्षक दुवैको सिकाई मा उपलब्धि मूलक हुने प्रधानाध्यापक टंक प्रसाद दाहालको भनाई छ ।
त्यस्तै नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्य मन्त्री सहितका वक्ताहरूले मन्थली मावि भौतिक पूर्वाधारमा सुविधा सम्पन्न भएको उल्लेख गर्दै अब शैक्षिक प्रगतिको बाटोमा उल्लेख्य प्रगति गर्नु पर्ने बाटोमा जानु पर्ने सुझाए ।
विद्यालय भवन उद्घाटन गर्न प्रदेशका फुर्सदिला ‘मान्य’को लर्को
प्रदेश खारेजी जनताले अस्वीकार गरे,गर्छन् - मुख्य मन्त्री जम्कट्टेल (भिडिओ)
तस्बिरमा हेर्नुहोस् विद्यालय भवन उद्घाटन, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स