जेठको २४ गतेदेखि रामेछापेलीले जाहाजमा मन्थली-काठमाडौं यात्रा गर्न पाउने

| जेठ ३, २०८० बुधबार

रामेछाप एयर्पोटमा जाहाज, फाइल
A A A
A A A

३ जेठ, रामेछाप । अबदेखि रामेछापका स्थानीयले हावइ जाहज (प्लेन) को यात्रा गर्न पाउने भएका छन् । यस अगाडि दैनिक उडान हुँदै आए पनि बाह्य पर्यटक मात्रै बोक्दै आएका जहाजले स्थानीय पनि बोक्ने भएका हुन् । सम्बन्धित निकायसंगको कुराकानीमा एयरलाइन्सहरुले यहाँका स्थानीय बोक्ने तयारीको छलफल तिब्र पारेको बुझिएको छ । 

 

पछिल्लो समय रामेछापबाट निर्वाचित प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को पहलमा यहाँका स्थानीयले हवाई यात्रा गर्न पाउने भएका हुन् । हाल काठमाडौँ–खुर्कोट हुँदै मन्थली सम्म सडक यात्रा मार्फत पर्यटक ल्याएर यहाँबाट विमानबाट लुक्ला उडान हुँदै आएको छ । तर, स्थानीयले यात्रा गर्न पाएका थिएनन् । 

 

यहाँका स्थानीयको माग र सरोकारवालाको ध्यानाकर्षण पछि रामेछाप विमान स्थलबाट उडान भर्दै आएका तारा, सिता र समिट एयरले स्थानीय बोक्नको लागि तयार भएको सांसद ‘कान्छाराम’ रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनले भने ‘हामीले एयरलाइन्सहरूलाई निर्णय गराइ सकेका छौँ । अब प्रत्येक शुक्रवार काठमाडौँबाट ३ बजे मन्थली गएर त्यसपछि काठमाडौँ फर्किनेछ ।’ 

 

यहाँबाट ‘प्लेन’मा औषद्मा २० मिनेटमा काठमाडौँ पुगिने । विमानमा यात्रा गर्नको लागि प्रति यात्रु ३५ सय भन्दा बढी भाडा पर्ने

 

माथिल्लो तहमा निर्णय गरी सकेको जानकारी दिँदै सांसद तामाङले अब जिल्लामा प्रचारप्रसार र सरोकारवालाबिच  छलफल गरेर थप सहजीकरण अगाडि बढ्ने उनको भनाई छ । ‘भोलि जिल्ला समन्वय समितिमा स्थानीय तहका जनप्रतिनिधिहरू, समन्वय, राजनीतिक दल सहित सरोकारवालाको बैठक डाक्न भनेको छु त्यसले थप छलफल गर्छ ।’

 

यसैबिच रामेछाप विमान स्थल तारा एयरका स्टेसन म्यानेजर प्रवीन सुवेदीले प्यासेन्जर भएको खण्डमा जुनको पहिलो हप्ताबाट उडान भर्ने बताए । स्थानीय बोक्नु सकारात्मक भए पनि नियमित प्यासेन्जर नहुँदा खाली उडान गर्न भने एयरलाइन्सलाई समस्या हुने उनको भनाई छ । म्यानेजर सुवेदीका अनुसार जुनको पहिलो हप्ता अर्थाज जेठको २४ गतेबाट यात्रु ओसारपसार गर्ने तयारी स्वरुप सेडूल मिलाउने काम भइरहेको छ । 

मंगलबार काठमाडौँमा तीनै एयरलाइन्सका प्रतिनिधि, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहा निर्देशक प्रेमनाथ ठाकुर सहित बसेको बैठकले स्थानीय बोक्ने विषयमा सहमति गरेका हुन् । 

 

यहाँबाट ‘प्लेन’मा औषद्मा २० मिनेटमा काठमाडौँ पुगिन्छ । साथै विमानमा यात्रा गर्नको लागि प्रति यात्रु ३५ सय भन्दा बढी भाडा पर्ने सुवेदीले रामेछाप टाइम्सलाई बताए । 

 

‘कम्तीमा ओहोरदोहोरको लागि १५–१५ जना यात्रु भएमा हप्तामा बढाएर पनि उडान गर्न सकिन्छ । तर, यात्रु हुनु पर्‍यो’ सुवेदीले रामेछाप टाइम्ससंग भने ‘यात्रु नभई उडान मात्र गर भने सकिँदैन । यदि यात्रु भएनन् भने स्थानीय तह वा कसैले जिम्मा लिने गरी उडान गर्न सकिन्छ । ’

 

यो सिजनको अन्तिम तिर आइपुगेको जानकारी दिँदै सुवेदीले आउँदो २० तारिक अर्थात् जेठ ६ गते गते सम्म अन्तिम उडान हुने बताए । उनका अनुसार यो सिजनमा सबै भन्दा धेरै २ हेलिकप्टर सहित ५८ वटा वटा सम्म उडान भएको छ । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार