गएराति परेको चट्याङ लागेर जिल्ला प्रशासन रामेछापमा क्षति, राहदानी सेवा अनिश्चित कालको लागि बन्द

| जेठ ३, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

३ जेठ, रामेछाप । हावाहुरी, वर्षासँगै परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापमा क्षति पुर्‍याएको छ । गए राति जिल्ला सदरमुकाम मन्थली आसपासमा परेको वर्षासंगैको चट्याङ लागेर जिल्ला प्रशासनका इलेकट्रोनिक्स उपकरणमा क्षेती पुगेको प्रशासकीय अधिकृत अस्मिता बानियाले रामेछाप टाइम्सलाई बताइन् । 

 

‘राति परेको चट्याङले प्रशासनका सबै इलेकट्रोनिक्स उपकरणमा क्षति पूर्याएको हो । आज राहादानी बाहेक काम पूर्ण रूपमा अवरुद्ध भएको छ । अरू सेवामा पनि अवरोध भयो । तर, नागरिकता बनाउन आउनेहरूलाई समस्याका बाबजुद पनि बनाएर पठाएका छौँ ।’

 

सूचना अधिकारी समेत रहेकी बानियाँका अनुसार कुनै उपकरणमा पूर्ण क्षति पुरेको छ भने कुनैमा सामान्य क्षति भएको छ । क्षति पुगेका सामाग्री बनाउनको लागि पठाइएको प्रशासकीय अधिकृत बानियाँले जानकारी दिइन् । 

 

इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण मर्मत गरेर सामान्य सेवा बुधवार अपराह्नदेखि सञ्चालन गरिएको बताउँदै राहदानी सेवा भने केही दिनको लागि अवरुद्ध नै भएको अधिकृत बानियाँले बताइन् । ‘हामीले सूचना जारी गरेका छौँ । अर्को सूचना नआउँदा सम्म राहदानीको बन्द नै हुन्छ ।’

 

राष्ट्रिय परिचयपत्रको भने एउटा कम्प्युटरको सहायतामा सुचारु छ । तर, फोटो खिच्ने क्यामेरा लगायतका उपकरण र सीसी क्यामेरा भने क्षेती पुगेको छ ।