निर्वाचित भएको एक वर्ष पूरा, मेयर न्यौपानेले भने ‘पुराना कामको निरन्तरता र नयाँ कामको थालनी सहित काम गर्दैछौं’

| जेठ ५, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

५ जेठ, रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले बितेको एक वर्षमा पुराना कार्यको निरन्तरता र नयाँ कामको थालनी गरेको बताएका छन् । पद बाहिर बसेर औला उठाउन र जिम्मेवारीमा बसेपछि त्यो बहन गर्न फरक अनुभव गरेको उनको भनाई छ । 

 

आफूहरू निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा रामेछाप टाइम्ससंग संक्षिप्त कुराकारी गर्दै मेयर न्यौपानेले यस्तो बताएका हुन् । गत २०७९ साल वैशाख ३० गते भएको मतदानबाट जेठ ५ गते सकिएको मतगणनामा उनी निर्वाचित भएका हुन् । 

 

प्रमुख न्यौपानेले भने ‘हामीले पूरानासाथिहरुले थालेका कतिपय कामलाई निरन्तरता दिएका छौँ । कतिपय नयाँ काम थालनी, विकास निर्माणलाई पहिलो प्राथमिकता, सडक, खानेपानी, कृषि र शैक्षिक सुधारका काममा निरन्तर  लागिपरेका छौँ’ नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति समेत रहेका प्रमुख न्यौपानेले भने ‘हाम्रा कामको अबको एक वर्षपछि प्रतिफल आउने र त्यसपछि प्रतिक्रिया ठिक हुन्छ ।’

 

प्रमुख न्यौपानेले पदबाहिर बस्दा यो भएन, त्यो भएन भनेर कुरा गर्नु सजिलो भए पनि पदमा बसेर जिम्मेवारी पूरा गर्न चुनौतीको विषय नै रहेको अनुभूति भएको उनको भनाई छ ।