निर्वाचित भएको एक वर्ष पूरा : उपमेयर कार्कीले भनिन् ‘एक वर्ष जनतालाई के आवश्यकता रहेछ भनेर, अब पूरा गर्छौँ’

| जेठ ५, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

५ जेठ, रामेछाप । रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमार कार्की (थापा) ले यो एक वर्ष सिकाइको रूपमा लिएको बताएकी छन् । यो एक वर्ष अनुअभ गर्दै बितेको उनको भनाई छ । 

 

आफूहरू निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा रामेछाप टाइम्ससंग संक्षिप्त कुराकारी गर्दै उपमेयर कार्की यस्तो बताएकी हुन् । उनले भनिन् ‘हामीले यो एक वर्ष कहाँ कसलाई के काम गर्दा जनतालाई सेवा हुने रहेछ । त्यो सिकाई भएको छ । र, राज्यले नदेखेका भुईँ मान्छेहरूलाई देख्ने गरी काम गर्ने सिकाइ भएको छ । अबका दिनमा हामी त्यसरी काम गर्छौँ ।’

 

 

पुराना कामको निरन्तरता र नयाँ कामको थालनी गरेर विकास निर्माणलाई अगाडि बढाइ रहेको उनको भनाई छ । उनी नेपाली काँग्रेसबाट पहिलो कार्यकालको लागि निर्वाचित उपाध्यक्ष हुन् ।