प्रत्येक्ष जनतासँगै बसेर उनीहरूकै समृद्धिको लागि कामको सुरुवात गर्‍यौ–उपप्रमुख पाख्रिन

निर्वाचित भएको एक वर्ष पूरा

| जेठ ५, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

५ जेठ, रामेछाप । लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रिनले बितेको एक वर्ष जनतासँगै बसेर उनीहरूको सेवा गरेर बिताएको बताएकी छन् । स्थानीय तहमा अधिकार पर्याप्त रहेकाले त्यसको भरपुर प्रयोगबाट विकास निर्माण र जनताको हित हुने कामको थालनी गरेको उनको भनाई छ । 

 


आफूहरू निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा रामेछाप टाइम्ससंग संक्षिप्त कुराकारी गर्दै उपाध्यक्ष पाख्रिनले भनिन् ‘स्थानीय तहमा धेरै अधिकारसँग छ । यी अधिकारसँग बसेर नीति निर्माण, कार्यविधि निर्माण, विकास निर्माणसँगै प्रत्यक्ष जनतासँग बसेर काम गर्‍यौँ ।’

 

विगतमा लिखु तामाकोशी गाउँपालिकामा योजनाकै काम नभएको अवस्था उल्लेख गर्दै आफूहरू आएपछि हालसम्म सम्पन्न ४० देखि ५० प्रतिशत भुक्तानी, योजना सम्पन्न, स्वास्थ्य, कृषि र शिक्षामा काम गरेको उनको भनाई छ ।

 

उनी नेकपा एमालेबाट पहिलो कार्यकालको लागि उपाध्यक्षमा निर्वाचित भएकी हुन् । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार