जनचेतना वृद्धि गर्न, दीर्घकालीन महत्त्व बोकेका कामलाई आधुनिक र प्राविधिक विकास मोडेल अँगालेर काम अगाडि बढाएका छौँ –अध्यक्ष श्रेष्ठ

जनतामा राज्यले दिन्छ अनि लिउँला–खाउँला भन्ने मानसिकताको बढेर गएको अनुभूति सँगाले

| जेठ ५, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

५ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले राज्यले दियो भने लिउँला–खाउँला भन्ने मानसिकताको विकास आमजनतामा बढेर गएको अनुभूत बटुलेको बताएका छन् । जलवायु परिवर्तन र यसलाई रोकथाम गर्ने गरी दीर्घकालीन, आधुनिक जीवनशैलीलाई अपनत्व ग्रहण गर्ने योजना पालिकाले अगाडि बढाएर काम गरिरहेको उनको भनाई छ । 

 

आफूहरू निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा रामेछाप टाइम्ससंग संक्षिप्त कुराकारी गर्दै पालिका अध्यक्ष श्रेष्ठले भने ‘सानातिना जो आफैले गर्न सक्ने काम छन्, ती काम पनि राज्यले गरिदेवास् भन्ने भावना बढेको अनुभव भयो । राज्य प्रति आशावादी हुनु स्वाभाविक हो तर, त्यसले गर्न सक्ने कामहरू पनि भएका छैनन् । त्यो सुध्रिनु पर्छ । आफै केही गरौँ भन्ने मानसिकता कमजोर हुँदै गएको छ ।’ 

 

जनताले राज्य सत्तामा पहुँच पुर्‍याउन स्थानीय तह महत्त्वपूर्ण हुन्छ त्यो अहिले पुरा हुँदै गएको छ भन्दै अध्यक्ष श्रेष्ठले भने ‘म, उत्साहित भएर निर्वाचनमा आएको थिइन्, तर निर्वाचित भएपछि त्यसको जिम्मेवारी पूरा गर्न लागेको छु’ एमाले नेता समेत रहेका अध्यक्ष श्रेष्ठले थपे ‘निर्वाचित भएपछि जनचेतनाको स्तर वृद्धि, देशको मूल कानुनसँग नबाझिने गरी कानुन निर्माण, त्यसको प्रयोग गर्दै आएका छौँ ।’

 

जनचेतनाको स्तर उकास्नको लागि आफूहरूले काम गरिरहेको बताउँदै जलवायु, पर्यावरण जस्ता दीर्घकालीन महत्त्व बोकेका कामलाई अगाडि सारेर शिक्षामा सुधार, पिउने पानीको शुद्धीकरण, आधुनिक, प्रविधि करणको विकास मोडेललाई अगाडि बढाएर काम गरिरहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।