पालिकावासीलाई रोजगारी दिन नसकेकोमा दुखित छु – उपाध्यक्ष कार्की

| जेठ ५, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

५ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्कीले गाउँपालिकाभित्रका युवाहरूलाई रोजगारी दिन नसकेकोमा दुखित रहेको बताएकी छन् । विधि र कानुन टेकेर आफूहरूले गर्न मिल्ने काम जनताको लागि गर्न हरदम लागिरहेको उनको भनाइ छ । 

 

आफूहरू निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा रामेछाप टाइम्ससंग संक्षिप्त कुराकारी गर्दै उपाध्यक्ष  कार्कीले भनिन् ‘यहाँका पढेलेखेकालाई पनि जागिर खुवाउन सकेका छैनौँ । यो कुरामा हामी दुखित छौँ, चाहेर पनि काममा लाउन नमिल्ने । काम पनि छैन, उपाध्यक्ष कार्कीले भनिन् ‘नगर प्रहरीको पनि काम नदेखेर हटाउन बाध्य भयौँ । धेरै पढेका छन् जागिर खोज्नेलाई काम दिन नसकेकोमा दुखित छौँ ।’ आर्थिककै कारण नगर प्रहरी हटाउनु परेको उनको तर्क छ । 

 

उनले रोजगारीमा लगाउने ठाउँको अभाव भएको तर्क गरिन् । जनताको घर दैलो-दैलोमा पुगेको सुनाउँदै जनताको पक्षमा धेरै काम गर्न चाहे पनि बजेट अभावको कारण गर्न नसकेको सुनाइन् ।मतदातालाई धन्यवाद दिँदै मतदाताले दिएको यो ठुलो जिम्मेवारीलाई सही ठाउँमा बिसाउने र उनीहरू शिर झुकाउने कुनै काम नगर्ने विश्वास व्यक्त गरिन् । मतदातालाई गलत कुराको पछाडि नलाग्न आग्रह गर्दै सही र गलत छुट्याउन गर्नु पर्नेमा जोड् दिइन । ‘हामी पक्ष–विपक्ष छुट्ट्याइ जनताको पक्षमा काम गर्छौँ ।’

 

मतदाताले दिएको यो ठुलो जिम्मेवारीलाई सही ठाउँमा बिसाउने । मतदातालाई गलत कुराको पछाडि नलाग्न आग्रह । ‘हामी पक्ष–विपक्ष छुट्ट्याइ जनताको पक्षमा काम गर्छौँ ।’

 

यो एक वर्षको अवधिमा जनताको घर–घरमा बाटो पुर्‍याउन सकिएको, योजनाको काम वडा–वडा लगेर गरेको, आफूले जहाँबाट भयो त्यहीबाट जनताको काम गरेकोमा आफू खुसी भएको उनको भनाई छ । 

 

हाइड्रोका कारण बाटो बिग्रिएको सुनाउँदै सम्बन्धित निकायसँग छलफल भइरहेको सुनाइन् । न्यायिक क्षेत्रमा सुरुमा निकै कठिन भएको स्मरण गर्दै त्यो अब न्यून मात्रमा झार्न सफल भएको सुनाइन् । ‘अब ८÷९ वटा मात्र बाँकी छन् । पहिलेको जस्तो उजुरी आउन छाडी सक्यो ।’ उनी नेपाली काँग्रेसबाट पहिलो कार्यकालको लागि निर्वाचित उपाध्यक्ष हुन् । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार