मन्थलीकाे आकाशे पुलबाट एक पुरुषले तामाकाेशीमा हाम् फाले

| जेठ ४, २०८० बिहिबार

A A A
A A A

४ जेठ, रामेछाप । मन्थली स्थित आकाशे पुलबाट तामाकोसी नदीमा एक जनाले हाम फालेर आत्महत्याको प्रयास गरेका छन् । मन्थली नगरपालिका वडा नं ७ भटाैली वडारे निवासी हर्कबहादुर माझी (डल्ले) ले पुलबाट कोसीमा हाल फालेका हुन् । 

 

 

उनको उद्धार गरी मन्थली अस्पतालमा उपचार गरिँदै छ । बिहीबार दिउँसो करिब ४ ः ३० बजेको समयमा उनले पुलबाट हाम फालेका हुन् । उनको अवस्था मध्यम रहेको छ । उनकाेे घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

 


केही समय अगाडि मात्रै सोही ठाउँमा डेमाे प्रदर्शन गरी सकेर टाेेलि फर्किएको थियो ।