‘डल्ले’ माझीले आर्थिक समस्याको कारण तामाकोशी नदीमा हाम् फालेको खुलासा (भिडिओ)

मन्थली अस्पतालले निःशुल्क उपचार गर्दै

| जेठ ४, २०८० बिहिबार

A A A
A A A

४ जेठ, रामेछाप । आज अपराह्न ४ ३० बजेको समयमा तामाकोशी नदीमा पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्नुको प्ररम्भीक कारण खुलेको छ । मन्थली नगरपालिका वडा नं ७ भटौली वडारेका अन्दाजी ३५ वर्षीयका हर्कबहादुर माझी (डल्ले) ले आर्थिकको समस्याका कारण आत्महत्या गर्न खोजेको उनका साथीबाट रामेछाप टाइम्सलाई जानकारी प्राप्त भएको हो । 

 

उनका नजिकका मित्र बालकृष्ण माझीले हाम फलेपछि घाइते अवस्थामा रहेका डल्लेसँगको कुराकानीपछि रामेछाप टाइम्ससंग भने ‘उसले आर्थिक समस्याको कारण यस्तो गरेको रहेछ । पहिलो श्रीमतीको मृत्यु भएपछि केही समय अगाडि तामाङ थरकी केटीसँग उसले भगाएर बिहे गरेको र त्यसपछि  ती तामाङ थरकी श्रीमती सहमतिमा कुवेत गएकी थिइन् । तर, विदेशीएकी तामाङले डल्ले माझीसँग हाल सम्म पनि सम्पर्कमा नआएपछि उनी पीडामा परेर आत्महत्या गर्न खोजेको बुझियो बालकृष्णले  भने ८÷९ लाख ऋण गरेर श्रीमती पठाएको र श्रीमती पनि सम्पर्कमा नआएपछि ऊ थप पीडित भएको रहेछ ।’

मन्थली अस्पतालमा उपचार हुँदै माझीको, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स 

डल्ले माझी मन्थली बजारमा गाडीबाट सामान झार्ने काम गर्दै आएका छन् । बिहीबार दिउँसो एक्कासि उनले मन्थली स्थित आकाशे पुलबाट हाम फालेका हुन् । लगत्तै उनको त्यहाँ एक कार्यक्रममा उपस्थित प्रहरी, नगर प्रहरी, स्थानीय युवाहरूले उद्धार गरी मन्थली अस्पतालमा पुर्‍याएका छन् । उनको कम्मरमा समस्या भएको देखिएको छ । उद्दार गरेर अस्पताल पुर्याएपछि उनी उपचार गर्न समेत नमानेको देखियो । साथै उनी ‘भकानो’ छोडेर रोइरहे ।

 

मन्थलीकाे आकाशे पुलबाट एक पुरुषले तामाकाेशीमा हाम् फाले

 

अन्य अवस्था भने मध्यम देखिएको छ । उद्धार गरेर मन्थली अस्पताल पुर्‍याउन साथ मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, वडा नं २ का अध्यक्ष सुरेन्द्रबहादुर कार्की सहित प्रहरीको टोलीले अस्पतालमै गएर घटना बारेमा अनुसन्धान एवं जानकारी लिएका छन् । 

उनको यहाँ उपचार सम्भव नभएमा काठमाडौँ पठाउने र मन्थली अस्पतालमा उपचार गराउने भए निःशुल्क उपचार गर्ने मन्थली नगरपालिका प्रमुख श्रेष्ठले बताए । साथै आर्थिक कारण यस्ता घटना घटेकोमा प्रमुख श्रेष्ठले देश गम्भीर मोड्मा रहेको बताए । 

मन्थली अस्पतालमा उपचार हुँदै माझीको, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स