अनेमसंघकी अध्यक्ष गौतम नेपाल ट्रस्टको सञ्चालक समिति सदस्यमा नियुक्त

| जेठ ५, २०८० शुक्रबार

A A A
A A A

५ जेठ, रामेछाप । नेकपा (माओवादी) केन्द्रकी केन्द्रीय सदस्य एवं पार्टी रामेछापकी नेतृ सुनिता कुमारी गौतम नेपाल ट्रस्टको सञ्चालक समिति सदस्यमा नियुक्त भएकी छन् । 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सामाजिक विकास तथा प्रादेशिक समन्वयको जारी एक पत्रमा गौतमलाई नियुक्त गरिएको उल्लेख छ । गौतम दोरम्बा शैलुङ गाउँपालिका वडा नं ६ निवासी हुन् । 

 

गौतम अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागमती  प्रदेशको (अनेमसंघ) क्रान्तिकारी बागमती प्रदेश कमिटी अध्यक्ष समेत हुन् । 

 

पत्र हेर्नुहोस् ।