ग्राहकसँग मन लाग्दी मूल्य लिने गरेको ठहर गर्दै लक्ष्मी आयल स्टोर मन्थलीलाई २ लाख जरिवाना (भिडिओ)

| जेठ ८, २०८० सोमबार

A A A
A A A

८ जेठ, रामेछाप । कृत्रिम अभाव सिर्जना गरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै लक्ष्मी आलय स्टोर्स मन्थलीलाई २ लाख जरिवाना गरिएको छ । केही दिन यता मन्थलीमा पेट्रोलियम पदार्थको हा–हाकार भएको छ ।

 

सोमबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक अनोज घिमिरे, मन्थली नगरपालिकाका दीपक सुवेदी, घरेलु तथा साना उद्योग, जिल्ला प्रहरी कार्यालय रामेछाप, करदाता सेवा कार्यालय, पत्रकार महासंघ रामेछाप सहितको टोलीले गैरकारनुनी तरिकाले पेट्रोलियम पदार्थ खरिद, बिक्री गरेको ठहर गर्दै कानुन अनुसार रु २ लाख रुपैयाँ जरिवाना गरिएको संयोजक घिमिरेले बताए ।

‘हामीलाई स्थानीयहरूले उजुरी गरेका थिए । हामीले पनि सूक्ष्म अनुगमन पनि गर्‍यौ । अनुगमनमा पनि गलत नै भएको भेटिएपछि जरिवाना गरेका हौँ । यो न्यूनतम जरिवाना गरिएको हो ।’ स्रोतका अनुसार सो पेट्रोल पम्पले मन लाग्दी मूल्य असुल्ने र कृत्रिम आभाव सिर्जना गर्ने लगायतका काम गरेको भन्दै प्रशासनमा उजुरी परेको थियो । 

 

आलय स्टोर्समै पुगेको संयुक्त टोलीले त्यहाँको कारोबारको बिल र मूल्यमा एक रुपतता नभएको पुष्टि गरेको थियो । पछिल्लो पटक गत जेठ ३ गते रातिदेखि मूल्य घटेर १७६ रुपैयाँमा बिक्री हुँदै आएको भए पनि लक्ष्मीले भने उक्त मूल्य सूची अनुसार बिक्री नगरी प्रतिलिटर ५/७ रुपैयाँ बढी पैसा लिएको प्रमाण भेटिएपछि उपभोक्ता समितिले थप कडाइ गर्नु परेको घिमिरेले बताए । 

‘मूल्य कति हो ? कतिमा बेच्नु हुन्छ भन्दै प्रश्न गरेका संयोजक घिमिरेले मान्छे हेरेर बिक्री गरेको पाइएको दाबी गरे । यसरी अनुगमन टोली पुग्दा आलय निगमका सञ्चालक केशव प्रसाद घिमिरे घर बाहिर थिए । उनी काम विशेष काठमाडौँ गएको भनिएको छ ।

 

घरबाहिर रहेका सञ्चालक घिमिरेले आफूमाथि अन्याय भएको गुनासो गरेका छन् । जरिवानाको खबर सुनेको भन्दै आफूले गलत नगरेको भए पनि यसरी जरिवाना गर्नु सान्दर्भिक नभएको घिमिरेको भनाई छ । नागरिक समूह सहितले आफूले गलत गरेको ठहर गरेमा त्यो भन्दा डबल जरिवाना तिर्न तयार रहेको बताएका घिमिरेले मूल्यमा तलमाथि नभएको दाबी गरे । ।

पेट्रोल अभाव भएपछि सोमबार बिहाना लक्ष्मी आयल स्टोर्समा लागेको सवारीको लाइन,तस्बिर मिलन घिमिरे रामेछाप टाइम्स

जिल्लामा दैनिक ३ हजार देखि ३५ सय लिटर पेट्रोलियम पदार्थ आवश्यक पर्ने गरेको शुभ–समृद्धि आलय स्टोर्ट मन्थलीका सञ्चालक जीवन बुढाथोकीले जानकारी दिए । निलकण्ठेश्वर सहित यहाँ ३ वटा आलय स्टोरहरू सञ्चालनमा छन् । तर, ३ वटै आलय स्टोरहरूले पेट्रोलियम पदार्थ नभएको बताउँदै आएका छन् । सोमबार शुभ–समृद्धि र निलकण्ठेश्वर बन्द नै रहे भने लक्ष्मी आलय स्टोर्सले आंशिक मात्रमा पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । 

भिडिओमा हेर्नुहोस्

केही वर्ष अगाडि पनि लक्ष्मी आयल स्टोर्समा पेट्रोलियम पदार्थमा मिसावट गरेको घटना बाहिरिएपछि सम्बन्धित निकायबाट शिल गरिएको थियो । सोही कुरालाई ध्यानमा राखेर सञ्चालन हुन पाउने गरी हाललाई यो जरिवाना गरिएको सहायक (सिडिओ) घिमिरेले भने । 

यो पनि पढ्नुहोस्

मन्थलीमा पेट्रोल पाउन मुस्किल, के अभाव भएकै हो ?