मन्थली सोलमारी नजिकै घाइते अवस्थामा भेटिएको चितुवा मर्‍यो

| जेठ १०, २०८० बुधबार

A A A
A A A

१० जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं १ सोलमारी  नजिकै चितुवा मरेको छ । बुधवार बिहान सोलमारी नजिकैको करिब ७ फिट लामो भाले चितुवा घाइते अवस्थामा भेटिएपछि स्थानीयले सम्बन्धित निकायलाई खबर गरेका थिए । 

 

 

त्यसपछि डिभिजन प्रमुख, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ र स्थानीय सहितको टोलीले गम्भीर घाइते अवस्थामा फेला पारेको चितुवा केही छिन पछि मरेको छ । सोही टोलीले नजिकै खाल्डो खनेर गाडेको स्थानीय भुवन बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

दुई चितुवा जुधेको र कमजोर सो चितुवा गम्भीर घाइते भएको आशङ्का गरिएको छ ।