दोस्रो बागमती प्रदेश खेलकुद सकियो : काठमाडौँ ७८ पदक सहित च्याम्पियन, रामेछापले जित्यो कूल ३७ पदक (सूचीसहित)

रामेछापले कूल ३७ पदक जितेको

| जेठ १४, २०८० आइतबार

A A A
A A A

१४ जेठ, रामेछाप । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजना प्रदेश राजधानी हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिवार विशेष समारोहकाबीच दोस्रो प्रदेश खेलकुदको समापन गरिएको थियो । 

 

गत जेठ ७ गते मुख्यमन्त्री शालिकराम जम्कटे्टलले उद्घाटन गरेका थिए । भने शनिवार समापन मुख्यमन्त्री जमरकट्टेल, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी लगायतको सहभागिता थियो ।

 

प्रदेशका १३ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा ३१ स्वर्ण, २२ रजत र २५ कांस्य गरी कुल ७८ पदक सहित टिम काठमाडौँ च्याम्पियन बनेको छ । प्रथम प्रदेश खेलकुदमा चितवन च्याम्पियन बनेको थियो । 

 

त्यस्तै २३ स्वर्ण, २४ रजत र २५ कांस्यसहित ७२ पदक जित्दै चितवन दोस्रो भएको छ । भने, २२ स्वर्ण, १३ रजत र १८ कांस्य सहित ५३ पदक जित्दै काभ्रे तेस्रो भएको छ । प्रथम, द्वितीय र तृतीय बनेका टिमलाई मुख्य मन्त्री जम्कटेलले ट्रफी प्रदान गरेका थिए । 

 

एक हप्ता सञ्चालन भएको खेलमा प्रदेशका १३ जिल्लाका करिब २५ सय खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार समेत प्राप्त गरेका छन् ।

 

पदक तालिकाको चौथो स्थानमा ललितपुर, पाँचौँमा सिन्धुपाल्चोक, छैटौँमा मकवानपुर, सातौँमा भक्तपुर, आठौँमा नुवाकोट रहँदा रामेछाप नौ स्थानमा परेको छ । रामेछापले १० स्वर्ण, ९ रजत र  १८ कांस्य पदक जितेको छ । रामेछापले कूल ३७ पदक जितेको छ । 

 

त्यस्तै दोलखा १० औँ, सिन्धुली ११ औँ, रसुवा १२ औँ र धादिङ अन्तिम एवं १३ औँ स्थानमा परेको छ । 

 

कुन जिल्लाले कति पदक जिते हेर्नुहोस् 

सो प्रतियोगिता तर्फ रामेछापले ‘ब्यडमिन्टिन’ तर्फ महिला डबल प्रतियोगितामा सोमा गुरुङ र संगीता तामाङको जोडी ले प्रथम स्थान हासिल गरेको थियो । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार