रामेछापमा : बैंक तथा वित्तीय संस्थाहरु ५ घण्टा खुल्ने

| जेठ २६, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२६ जेठ, रामेछाप । रामेछापमा बैंक तथा वित्तीय संस्थाहरु खोल्ने समय थप गरिएको छ । 


जिल्ला प्रशासन रामेछापमा मंगलबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन समितिको बैठकले बुधबारराति १२ बजेदेखि लागू हुने गरि हप्ताको तीन दिन बिहान १० बजेदेखि दिनको २ बजेसम्म संस्थाहरु खोल्ने निर्णय गरेको हो । 

 

यो निर्णय अनुसार अब बैंक तथा वित्तीय संस्थाहरु ५  घण्टा खुल्ने छन् । संस्था संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्नु पर्ने छ–रामेछाप प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जिल्लामा आगामी असार २ गतेराति १२ सम्मको लागि लकडाउन समेत थपिएको छ । 

रामेछाप प्रशासनले जारी गरेको सूचना हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार