ओख्रेनीमा मामाघर आएका बालकले ३ वर्षीय नाबालिगलाई बलात्कार गरे, बालक पक्राउ

| जेठ १४, २०८० आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१४ जेठ, रामेछाप । रामेछापको ओख्रेनीमा ३ वर्षीय नाबालिगलाई अन्दाजी १३÷१४ वर्षीय बालकले बलात्कार गरेका छन् । ती नाबालिकाको स्वास्थ्य परीक्षणमा उनीमाथि बलात्कार भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

गत शनिवार रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनी घर भएका ती बालकले नजिकैकी नाबालिकालाई घरमा एक्लै बसिरहेको अवस्थामा घर नजिकैको गोठमा लगी बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता दिलीप कुमार थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

बालबालिका ऐन अनुसार घटना सार्वजनिक गर्न मिल्दैन । गोपनीयतालाई कायम गर्दै घटना भएको हो, सूचना अधिकारी थापाले भने ‘आमाले घरमा छोडेर बाहिर गएको अवस्थामा ती बालकले नाबालिकालाई करणी गरेछन् । पछि सोधी–खोजी गर्दा ती नाबालिगकाले यस्तो गर्‍यो भनेपछि बालक भागेछन् । त्यसपछि हामीलाई थाहा भयो ।’

 

फरार भएका ती बालक राति घरमा आएर सुतेको र त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको छ । आज अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ । 

 

सोही नगरको वडा नं ५ रामपुर घर भएका ती बालक मामाघर ओख्रेनी आएका थिए । प्रहरी प्रवक्ता थापाका अनुसार नाबालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।