रामेछापमा नापी विभागले मनायो स्थापना दिवस, यी सेवा पाइन्छ जान्नुहोस् ?

| जेठ १४, २०८० आइतबार

A A A
A A A

१४ जेठ, रामेछाप । रामेछापमा नापी विभाग स्थापनाको ६६ औँ  वर्ष पूरा भएको अवसरमा आज ‘पहिलो सेवाग्राही’ लाई सम्मान गरेको छ । साथै सोही कार्यालयमा विगत लामो समयदेखि सेवा गर्दै आएका कर्मचारी (अमिन) राजेश कुमार साहलाई अब्बल कर्मचारी र कार्यालय सहयोग किशोर भुजेललाई  प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरिएको निमित्त कार्यालय प्रमुख सर्वेक्षक जगन्नाथ यादवले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

आइतबार राष्ट्रिय नाप नक्सा निकायको रूपमा क्रियाशील रही नापी विभाग अन्तर्गत सञ्चालित नापी कार्यालयले गर्ने विभिन्न कार्यहरू गर्दै आएको छ । जसमा जग्गा जमिनको लगतका आधारमा जग्गा प्रशासन कार्यमा प्राविधिक सहयोग गर्ने, नक्साहरू तयार र नागरिकको भू–स्वामित्वको हकलाई सुरक्षित गर्न र जग्गा प्रशासनलाई पारदर्शी, सहज, र विश्वसनीय बनाई राख्न शुद्ध भूमि लगत तयार जस्ता काम गर्दै आएको छ । 

नाप नक्सा सम्बन्धी सेवा सुविधाहरू सरल, सहज, पारदर्शी, गुणस्तरीय एवं विश्वसनीय तवरबाट प्राप्त गर्न सेवाग्राहीहरूको चाहनालाई परि पूर्ति गर्न तथा जग्गा जमिनको विषयलाई लिएर हुने झैँ–झगडा, मुद्दा मामिला न्यूनीकरण गर्दै शान्ति र सामाजिक सद्भाव कायम गर्न समेत नापी कार्यालयको महत्त्वपूर्ण योगदान रहेको छ ।

 

नापी कार्यालय रामेछापबाट प्रदान गरिने सेवाहरु

  • नापी कार्यालयबाट प्रदान गरिने मुख्य सेवाहरू निम्नानुसार छन् ।
  • मालपोतबाट प्राप्त हुने सबै किसिमको लिखत बमोजिम नक्सा अद्यावधिक (कि‍.का)
  • नक्सा बिक्री वितरण
  • फिल्ड बुक उतार
  • प्लट बुक उतार
  • फिल्ड रेखाङ्कन
  • कित्ता एकीकरण
  • जग्गा प्रशासनको लागी माग भए बमोजिम प्राविधिक सहयोग पुर्‍याउने ।