लिखु –२ः सुरुङमा हालेको पानी तत्कालको लागि बन्द गर्न विभागको आदेश, आजैदेखि बन्द गरिने

| जेठ १५, २०८० सोमबार

A A A
A A A

१५ जेठ, रामेछाप । सुरुङमा हालेको पानी चुहिएर बस्तीमा पसेपछि गाउँ जोखिममा परेपछि लिखु–२ जलविद्युत आयोजनाको पानी केही केही समय बन्द गर्न आदेश भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले (विधुत विकास विभाग) ले आइतबार एक पत्र मार्फत जिल्ला प्रशासन कार्यालय रामेछापले मागेको उक्त आदेश दिएको हो । 

 

करिब २० दिन अगाडि सुरुङमा परीक्षणको लागि पानी हालिएको थियो । त्यसपछि उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको पेकरनास, कोरेम र बच्छी लगायतका बस्तीका ४५ घरधुरी ठाउँ–ठाउँबाट पानी निस्किएपछि स्थानीयहरू सुरक्षाको माग गर्दै आन्दोलित भएका थिए । 

 

त्यसपछि उमाकुण्ड गाउँपालिका र जिल्ला प्रशासन कार्यालय कार्यालय, सबै सुरक्षा निकायले छुट्टा–छुटै स्थलगत अवलोकन गरेका थिए । साथै प्रभावित क्षेत्रमा विधुत विकास विभागबाट पुगेको विज्ञ सहितको टोलीले के कारणले पानी निस्कियो भन्ने बारे विस्तृत अनुसन्धान गर्दै छ । यो टोलीले प्रतिवेदन बुझाएपछि पनि थप कुरा आउने छ । 

 

‘हामीले बिहानैदेखि पानी बन्द गर्न कुरा गरी सकेका छौँ । स्थानीयको माग तत्कालको लागि सम्बोधन भयो ।’

 

स्थानीयहरूले आफूहरूको २ वटा माग गर्दै तत्काल सम्बोधन गर्नु पर्नेमा अल्टिमेटम दिएका थिए । जुन सुरुङमा हालिएको पानी केही दिनको लागि सुकाएर सोही पानी चुहिएको कि के हो भन्ने विषयमा पुष्टि गर्ने र आफूहरूको सुरक्षित स्थानान्तरण हुनु पर्ने । 

 

सो माग स्थानीयको जायज रहेको स्वीकार गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर पानी रोक्नको लागि माथिल्लो निकायमा पत्र लेखेको थियो । सो मागपछि विभागले तत्कालको लागि पानी रोक्न अनुमति दिएको हो । 


पानी बन्दे गर्न विभागको आदेशपत्र,

आदेशपछि आज (सोमबार) बिहानै देखि पानी बन्द गर्न आफूहरूले हाइड्रोपावर कम्पनीलाई खबर गरेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले रामेछाप टाइम्सलाई जानकारी दिइन् । ‘हामीले बिहानैदेखि पानी बन्द गर्न कुरा गरी सकेका छौँ । स्थानीयको माग तत्कालको लागि सम्बोधन भयो ।’

 

एम् भि दुगर्ड कम्पनीले निर्माण गरेको ५५ मेगावाट क्षमताको यो आयोजना निर्माण चरणको अन्तिममा पुगेको छ । तर, सुरुवात देखि त्यहाँका जनतालाई विभिन्न कारण पीडित पार्दै आएको जलविद्युत आयोजनाले पछिल्लो पटक बस्तिनै जोखिममा पारेको हो । 

 

वडाको बस्ती जोखिममा परेपछि पालिका अध्यक्ष शेरबहादुर सुनुवारले यस अगाडि सबैले पहल गरेर स्थानीयको माग सम्बोधन गर्न ध्यानाकर्षण गरेका थिए । साथै आइतबार ऊर्जा मन्त्रालयमै उपाध्यक्ष सावित्री सुनुवार सहित पुगेर ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर दुगड हाइड्रोपावरले पारेको प्रभाव र असरको बारेमा ध्यानाकर्षण गरेका थिए । 

उर्जा मन्त्री शक्ति बहादुर बस्नेतको कार्यकक्षमा भेट्दै उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार

त्यस्तै रामेछापका प्रतिनिधिसभा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले पनि स्थानीयहरूको माग तत्काल सम्बोधन गर्न विद्युत् विकास विभाग लगाएको गम्भीर ध्यानाकर्षण गरेका थिए । 

 

आयोजना जिल्लाको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको सिमाना भई बहने लिखु खोलामा निर्माणाधीन छ । 

आयोजनाको ड्याम क्षेत्र 

यो पनि पढ्नुहोस्
लिखु–२ः सुरुङ चुहिएर बस्तीभरि पानीका भुल्का, तीन दिनमा समस्या हल गर्ने सहमतिपछि खोले स्थानीयले आयोजनाको ताला
उमाकुण्डमा ‘दुगड् हाइड्रो’ले उपचार गर्न चासो नदिँदा कामदारको ज्यान गयो, क्षेती पूर्ति दिन सक्दिनँ भनेपछि ३ दिन देखि शव उठेन, २८ दिने शिशुसहित परिवारको बिचल्ली
लिखु नदीमा निर्माणाधीन ‘हाइड्रोहरू’ले अटेर गर्दै नगरेका सामाजिक उत्तरदायित्वको काम तत्काल पूरा गर्ने निर्णय

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार