मन्थली नगर बाल संजालको अध्यक्षमा अर्पना कार्की, यी हुन पदाधिकारी (सूची)

| जेठ १६, २०८० मंगलबार

तस्बिर लक्कि शंकर (घिमिरे)/रामेछाप टाइम्स
A A A
A A A

१६ जेठ, रामेछाप । मन्थली नगर बाल संजालको अध्यक्षमा वडा नं ५ सुनारपानीकी अर्पना कार्की चयन भएकी छन् । उनी सर्वसहमतीमा अध्यक्षमा छनोट भएकी हुन् । 

 

सोमबार नगरपालिकाका १४ वटै वडाबाट छनोट भएर आएका प्रतिनिधिहरूबाट गठित ‘नमूना नगर बाल संजाल’ को उपाध्यक्षमा वडा नं ९ पुरानागाउँका नुनराज पूरी, सचिवमा वडा नं १ की सिता कार्की निर्वाचित भएको बालमैत्री नगर सहजकर्ता उज्ज्वल अधिकारीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार कोषाध्यक्षमा वडा नं ४ सालुका सोनियाँ खड्काले जिम्मेवारी पाएका छन् । भने, सह–सचिवमा वडा नं ७ भटौलीकी मनीषा माझी चयन भएकी छन् । 

पदाधिकारी सहित १५ सदस्यीय नगर बाल संजालमा प्रतीक्षा ढुङ्गेल वडा नं २ कठजोर, प्रवीण विक वडा नं ३ कठजोर, निरुता श्रेष्ठ वडा नं ८ चिसापानी, रुबिन बोहोरा वडा नं १० चनखु, जेनिसा खत्री वडा नं ११ गेलु, विशाल खत्री वडा नं १२ गेलु, बिपना तामाङ वडा नं १३ फुलासी, सुमन माझी ६ भलुवाजोर र समीर तामाङ र नानीमैयाँ मगर वडा नं १४ फुलासी चिण्डे सदस्य बनेका छन् । 

 

 

२ वर्षे कार्यकाल रहने उक्त संजालमा यस अगाडि उत्सव केसीको नेतृत्वमा समिति रहेको थियो । आउँदो २०८१ जेठ मसान्त सम्म बालमैत्री स्थानीय तह घोषणा गर्न लागेको मन्थली नगरपालिकाले गत वैशाख देखि त्यसको लागि आवश्यक काम तीव्र गतिमा गर्दै आएको छ । 

 

जसको लागि नगर बालमैत्री सहजकर्ता एवं कम्प्युटर अपरेटर १४ वटै वडामा नियुक्त गरेर टोल बाल समिति, वडा बाल समिति गठन गरी वडाबाट प्रतिनिधि छनोट गरी नगर बाल संजाल गठन सम्पन्न गरेको हो । 

 

नगरभित्रका बालबालिकाको हक हितको लागि काम गर्ने र बालबालिकालाई हरेक ठाउँमा सक्षम र अर्थपूर्ण उपस्थित गराउने उद्देश्य लिएको छ । 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार