लिखु–२ः सांसद, स्थानीय र आयोजनाबिचको छलफल माग पूरा नभएको भन्दै असफल, अब प्रशासनमै आउने

| जेठ १८, २०८० बिहिबार

A A A
A A A

१८ जेठ, रामेछाप । लिखु–२ जलविद्युत आयोजनाको पानी चुहिएको विषयमा बुधवारको प्रभावित क्षेत्र गुम्देलकको कोर्येम, बच्छी र पेकरनासका स्थानीय, सांसद र आयोजनाबिच भएको छलफल असफल भएको छ । स्थानीयहरूको माग पूरा नभएको भन्दै उनीहरूले छलफल समाधान नहुने बताएपछि बिहीबार पीडित र आयोजनाको तर्फबाट सहितको टिम जिल्ला प्रशासन कार्यालय आएर छलफल गर्ने गरी बुधवारको महत्पूर्ण छलफल टुङ्गिएको प्रभावित क्षेत्रमा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को टिममा रहेका पत्रकार सुमित श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

 ‘भोलि प्रशासनमा पीडितको तर्फबाट र आयोजनाका दुवै पक्ष जाने र त्यही बसेर थप छलफल गर्ने सहमति भयो पत्रकार श्रेष्ठले भने ‘आजको छलफलमा सहमति भएन ।’ पत्रकार श्रेष्ठका अनुसार बिहीवार जिल्ला प्रशासन कार्यालय रामेछापका बैठक बसेर समस्या बारे छलफल हुने छ । 

आयोजनाको लिखु नदीबाट हालेको पानी निस्किने सुरुङ खन्न सुरु गर्दाको अवस्थामा, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

बिहीबार केही पत्रकार सहित सांसद कान्छाराम, जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की) आयोजनाको पानी चुहिएको क्षेत्रको स्थलगत अनुगमनमा पुगेका थिए । 

 

पत्रकार श्रेष्ठका अनुसार पानीले स्थानीयहरू निकै पीडित अवस्थामा देखिएका छन् ।  ‘कसैको बारी भरी पानी छ । एक जनाको घरको आँगमै निस्किएको रहेछ । उनीहरू धेरै प्रभावित रहेछन् ।’ 

 

केही दिन अगाडि विद्युत् विभागबाट सुरुङमा पानी हाल्न निर्देशन भएपछि लिखु नदीको पानी हाल्न रोकिएको छ । तर, यस अगाडि जम्मा भएको पानी आयोजनाले फालेको छैन । त्यसले गर्दा पानी गाउँमा चुहिन रोकिएको छैन । आयोजनाको कारण उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल स्थित कोर्येम, बच्छी र पेकरनासका स्थानीयको बास उठ्न लागेको हो । 

आयोजनाको स्टेसन क्षेत्र निर्माणाधिन अवस्थामा, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

आफ्ना माग पूरा नहुँदा सम्म आयोजनाको काम अगाडि बढ्न नदिने स्थानीय सुवास बस्नेतले रामेछाप टाइम्सलाई बताए । 

 

स्थानीयहरूले आफूहरूको सुरक्षित स्थानान्तरण गर्नु पर्ने र सुरुङमा हालेको पानी पनि सबै खाली गरेर हेर्नु पर्ने माग राखेका छन् । तर, दुगर्ड कम्पनीले निर्माण गरिरहेको सो आयोजनाले टेस्टिङको लागि हालेको पानी फाल्न अटेर गरेको छ । 

 

यो पनि पढ्नुहोस्
लिखु–२ः सुरुङमा पानी हाल्न बन्द, जम्मा भएको पानी आयोजनाले नफाल्दा समस्या जस्ताको तस्तै