मन्थली-२ कठजोरका दुई स्वास्थ्य चौकीमा चोरी प्रयास, ढोका र दराजको चाबी काटियो

| जेठ २२, २०८० सोमबार

A A A
A A A

२२ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं २ कठजोरका दुई वटा स्वास्थ्य चौकीमा चोरीको प्रयास भएको छ । अहिले घटना स्थलमा प्रहरीको टोलीले अनुसन्धान भइरहेको रामेछाप टाइम्सलाई जानकारी प्राप्त भएको हो । 

 

गए राति वडा नं २ कठजोरको कठजोर स्वास्थ्य चौकी र सोही वडाको ठाँटी आधारभूत स्वास्थ्य केन्द्रमा चोरी गर्ने उद्देश्यले ढोकाको, दराजको चाबी कटिएको अवस्थामा भेटिएको वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

‘ढोकाको भित्र दराजहरूको चाबी काटेको छ । अहिले सम्म सामानहरू चोरी भएको जस्तो देखिएको छैन, प्रहरीको टोलीसहित घटना बारे अनुसन्धान हुँदैछ ।’

चोरी भएपछि बसेको बैठक, तस्बिर सुरेन्द्र कार्की

स्वास्थ्य केन्द्रहरूको चाबी काटेको अवस्थामा भेटिएपछि अस्पतालको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष कार्कीले यस्तो गतिविधिको संलग्न जोकोही भए पनि कडा कारबाही गर्ने चेतावनी दिए ।

 

त्यसको लागि स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक निर्णय समेत गरेको जानकारी दिए । त्यस्तै अन्य स्वास्थ्य चौकीहरूमा पनि त्यस्तो घटना भएको छकी भनेर आफूहरू बुझी रहेको बताए । 

 

शनिवार राति पनि मन्थली नगरपालिका वडा नं १ मन्थली बजारबाट पाहुना घर हुँदै भैशेश्वर निस्कने सडक तर्फ सोही ठाउँ घरमा राति पार्किङ गरेर राखेको अटोबाट महत्त्वपूर्ण कागजातहरू चोरी गरी लगेर बजारका विभिन्न ठाउँमा छरेको अवस्थामा भेटिएको थियो ।