अत्याधिक गर्मी बढेपछि केब्स स्कूल पनि ३२ गते सम्म बन्द

| जेठ २६, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

२६ जेठ, रामेछाप । मन्थली आकाशे स्थित कर्कला देवी बोर्डिङ स्कूल (केब्स) ले पनि अत्यधिक गर्मी बढेपछि बिदा दिएको छ । आज (शुक्रवार) एक सूचना जारी गर्दै केब्शले आउँदो आइतबार देखि बुधवार सम्म बिदा दिएको जनाएको हो । 

 

स्कुलले जारी गरेको सूचनामा ‘देश भरी तापक्रम वृद्धि भई अत्यधिक गर्मीका कारण जनजीवन आक्रान्त भएका कारण बालबालिकाको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी जेठ २८ गतेदेखि ३२ गतेसम्म बन्द रहने जानकारी गराउँदछु,’ भनिएको छ । 

 

शुक्रवारै जिल्लाका दुई निजी विद्यालयहरू तामाकोसी र लिटिल स्टार बोर्डिङ स्कुलले पनि बिदा दिएका थिए । साथै केब्श स्कुलले गर्मीबाट बच्न बालबालिकालाई दिउँसोको समयमा घरबाहिर हिँडडुल र खेल, खेल्न नदिन बरफ तथा जङ्कफुड नखुवाउन आग्रह पनि गरेको छ । 

 

सूचना हेर्नुहोस्