खाँडादेवी माकादुममा चोरको बिगबिगीः एक दर्जन घरमा चोरी, एकै घरबाट ९ लाख बराबरको चोरी

| जेठ २६, २०८० शुक्रबार

A A A
A A A

२६ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुममा चोरको बिगबिगी भएको छ । गाउँमा राति–राती अज्ञात (केही नखुलेको) टोलीबाट चोरी हुन थाले पछि गाउँ नै त्रसित अवस्थामा रहेको सोही वडाका वडा अध्यक्ष नारायण कार्कीले बताए । ‘केही खुलेको छैन । गाउँ भरी चोरी भएको छ । सबै त्रासमा छन् । यसमा गाउँपालिका अध्यक्षले चासो अहिले सम्म दिनु भएन ।’

 

वडा अध्यक्ष कार्कीका अनुसार शुक्रवार सम्म ११ घर चोरी भएका छन् । 

 

पछिल्लो घटना यही जेठ २० गते राति माकादुमकै चौहानटोलमा गोमा चौहानको घरमा चोरी भएको छ । उनको घरको ढोकाको साँचो फुटाएर घरभित्र रहेको दराज फुटाई दराज भित्र रहेको नगद रु १ लाख ५० हजार र छ तोला सुन चोरी भएको छ । 

खाँडादेवी गाउँपालिका स्थित प्रहरी प्रमुख, घटना बारे एक कार्यक्रममा बोल्दै, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

गाउँमा चोरको बिगबिगी भएको खाँडादेवी प्रहरी चौकीका प्रहरीले पनि बताए । तर, हाल सम्म केही पत्ता लाग्न नसकेको र आफूहरू अनुसन्धानमा रहेको बताए । 

 

स्थानीयहरूका अनुसार जसको घरमा एकल महिला, पैसा, सुन भएको बुझिएको हुन्छ । त्यस्तो घरमा छानिछानी चोरी भएको अवस्था छ । चोरी गर्नेले घरको चाबी अधिकांश ठाउँमा काट्ने गरेको स्थानीयहरू बताउँछन् ।