सदनमा ‘कान्छाराम’ले पहिलो सम्बोधनमै ताने सबैको ध्यान : रामेछापमा खानेपानी र लिखु–२ को समस्यादेखि अर्थतन्त्र सुधार्न महत्त्वपूर्ण धारणा (भिडिओ)

| जेठ २७, २०८० शनिबार

A A A
A A A

२७ जेठ, रामेछाप । २०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्यमा रामेछापबाट निर्वाचित भएका प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले शुक्रवार पहिलो पटक सदनमा सम्बोधन गरेका छन् । निर्वाचित भएपछि पहिलो पटक सदनमा समसामयिक र बजेटमाथिको छलफलमा भाग लिएर आफ्नो धारणा राखेका हुन् । यसरी सदनलाई सम्बोधन गर्दै नेपाली काँग्रेस रामेछापका पार्टी सभापति समेत रहेका (कान्छाराम) ले रामेछापको गुम्देलमा निर्माणाधीन जलविद्युत लिखु–२ को सुरुङमा टेस्टिङको लागि हालेको पानी चुहिएर स्थानीयहरू पीडित भएको अवस्थाको सदनमा नालीबेली सुनाए  ।

 

उनले आफूले उक्त क्षेत्रको अनुगमन गरेको जानकारी गराउँदै समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गरे । सांसद तामाङले रामेछापकी प्रमुख जिल्ला अधिकारी र आयोजनाबिच एकलौटी रूपमा निर्णय गरेर पीडितहरूलाई थप पीडामा पर्ने काम भएको समेत सदनमा सुनाएका छन् । ‘सिडिओ र आयोजनाबिच मात्रै अरू कसैलाई नराखी निर्णय गरिएको छ । यसले त्यहाँ स्थानीयहरू थप पीडामा परेका छन् । यो विषयमा सरकारको ध्यानाकर्षण गर्दछु ।’

 

उनले सिडिओ र आयोजना मिलेर जनतालाई पीडित बनाएको छन् भने । सांसद तामाङले रामेछाप सुख्खा ग्रस्त क्षेत्र भएको उल्लेख गर्दै खानेपानीको लागि सरकारले छुटाएको बजेट कम भएको बताए । त्यसको लागि बजेटको व्यवस्था गरिदिन आग्रह गरे । ‘१–१ करोड गरेर ५ करोड बजेट राखिदिनु भएको छ, त्यसलाई कम्तीमा ३० लाखदेखि १ करोड सम्म बनाउनु पर्छ ।’ 

 

जिल्लामा १ लाख ८९ हजार मतदाता रहेको उल्लेख गर्दै रामेछापका सबै स्थानीय तह, ६४ वटै वडाहरूको बारेमा जानकारी गराए । र, यहाँ खानेपानीको समस्या उल्लेख मात्रमा रहेको छ भने ।

 

त्यस्तै सरकारले गत जेठ १५ मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै जति राम्रो बजेट ल्याए पनि नराम्रो भन्नु प्रतिपक्ष धर्म रहेको दाबी गरे । उनले अर्थ मन्त्री डा.प्रकाशरण महतले ल्याएको बजेट सबै क्षेत्रलाई समेटेर ल्याएको भन्दै प्रशंसा गरे । 

 

काठमाडौँ, पोखर, नारायणगढ, विराटनगरमा गुड्ने ट्याक्सीलाई विद्युतीय ट्याक्सी चलाउनु पर्ने सुझाव

 

ऋण लिएरै भए पनि देशको समस्या समाधान गर्नु पर्ने उल्लेख गर्दै सांसद तामाङले काठमाडौँ, पोखर, नारायणगढ, विराटनगरमा गुड्ने ट्याक्सीलाई विद्युतीय ट्याक्सी चलाउनु पर्ने सुझाव दिए । 

 

पहिलो पटक सम्बोधनमा सबैको सांसदको ध्यान तानेका (कान्छाराम) ले देशका ठुला फ्याक्ट्रीहरूले मन लाग्दी मूल्य लिएर सामान बिक्री गर्ने गर्दा राज्यलाई घाटा भएको बताए । त्यस्तालाई करको दायरामा ल्याउन सुझाए । 

 

उनले नाम उल्लेख नगरी ८ वटा बैङ्कहरूले सिन्डिकेटको रूपमा चलाउने काम भएको दाबी गरे । बैङ्कहरू खोल्न पाउनु पर्नेमा जोड् दिँदै मर्ज गरेर निश्चित बैङ्कलाई सिन्डिकेटको रूपमा चल्नु पर्ने परिस्थिति नबनाउन आग्रह गरे ।