कुलमान घिसिङद्वरा मन्थलीमा ‘स्मार्ट सडक’ बत्ती उद्घाटन, यसरी भयो बजार झिलिमिली (भिडिओ)

| जेठ २७, २०८० शनिबार

A A A
A A A

२७ जेठ, रामेछाप । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गृह जिल्ला रामेछापलाई उज्यालो नेपाल कार्यक्रम अन्तर्गत स्मार्ट सडक बत्ती उद्घाटन गरेका छन् । उनले जिल्ला सदरमुकाम मन्थलीलाई झिलिमिली बनाउँदै शुक्रवार राति ‘स्मार्ट’ बत्ती उद्घाटन गरेका हुन् । 

 

मन्थली नगरपालिकाको सभा हलमा एक कार्यक्रमकाबिच उनले स्विच थिचेर मन्थली बसपार्क देखि मन्थली बिच बजार हुँदै भैशेश्वर सम्म सडकमा जोडिएको बत्ती बालेका हुन् । सडक बत्ती बलेसँगै साँझ पर्ने बित्तिकै अँध्यारो बन्ने मन्थली बजार अब ढकमक्क बन्न थालेको छ । 

 

नेपाल विद्युत् प्राधिकरणको पूर्ण लागतमा सदरमुकामलाई उज्यालो बनाउने अभियान अन्तरगत बत्ती बाल्न सफल भएको घिसिङले बत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जानकारी दिए । काडमाडौं, पोखरा सहित देशका प्रमुख सहरहरूमा अहिले बिजुली बत्ती पूर्ण गर्ने अभियान अन्तरगत धमाधम काम भइरहेको कार्यकारी निर्देशक घिसिङले जानकारी गराए । 

मन्थली नगरमा रति भएको बत्ती उत्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङ, तस्बि मिलन घिमिरे/ रामेछाप टाइम्स

सदरमुकाम मन्थलीलाई पहिलो पटक सडक बत्ती प्राधिकरणकै पूर्ण लागतमा यहाँ मात्रै बनाउन सफल भएको जानकारी दिँदै अब रामेछापमा झिक्–झिक बत्ती जाने समस्या समाधान हुने स्पष्ट पारे । उनले भने ‘यहाँ ठुला–ठुला जलविद्युत बन्ने तर, हामी यताबाट सिन्धुली, ढल्केवार बिजुली पठाएर फेरी उताबाट यता ल्याउनु पर्ने बाध्यतामा थियौं । अब त्यो हट्छ । यहाँको समस्या हट्ने छ।’

 

करिब १५ किलो मिटरको दुरीमा रहेको न्यु खिम्ती सवस्टेशनको लाइन मन्थली सब स्टेसनमा केही दिन भित्रै जोडिने भएपछि समस्या समाधानमा हुन लागेको हो । ‘न्यु खिप्तीको काम सम्पन्न हुने चरणमा छ, भोलि (शनिवार) देखि चार्ज गरेर यसको जिल्लामा सप्लाई हुन्छ, त्यसपछि बत्ती आउने जाने समस्याको अन्त्य हुन्छ ।’

मन्थली स्थित मदन आश्रीत चोकमा रति ९ : ३० बजे बत्ती बाल्दै घिसिङ, तस्बि मिलन घिमिरे/ रामेछाप टाइम्स

मन्थली नगरपालिका वडा नं १३ फुलासीमा निर्माण गरिएको उक्त सवस्टेशनको क्षमता २२०/१३२, १३२/३३ र ११ केभी को रहेको छ ।  

 

जिल्लामा अहिले विद्युतको समस्या समाधान गर्नको लागि ६ वटा सवस्टेशन निर्माणको अन्तिम चरणमा छन् । जसअनुसार गर्जाङ, खिम्ती, ठोसे, साँघुटार, दोरम्बा,राकाथुम, र बाम्तिमा सवस्टेशन हुन् । यी सबस्टेसनहरु चार्ज पनि भइसकेको छन् । यी सबै चार्ज पनि भएको अवस्था छ । न्यु खिम्ती जोडेपछि विद्युत् सप्लाई हुन्छ ।’

 

बत्ति बलेपछि झिलिमिली मन्थली बजार भिडिओमा हेर्नुहोस्