मन्थली–२ ले लक्षित समुदायकाको ५० प्रतिशत भुक्तानी सहित स्वास्थ्य बिमा गरिदिने

| जेठ २९, २०८० सोमबार

वडा कार्यालय भवन मन्थली २, तस्बिर फाइल
A A A
A A A

२९ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं २ कठजोरले वडा भित्रका लक्षित समुदायको स्वास्थ्य बिमा गरिदिने भएको छ । स्वास्थ्य क्षेत्रमा गरिब तथा विपन्न परिवारलाई वरदान साबित हुँदै आएको स्वास्थ्य बिमामा लक्षित समुदायको पहुँच वृद्धि गर्ने उद्देशले वडाले पहल गरेर स्वास्थ्य बिमा गर्न लागेको वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जनाकारी दिए । 

 

एकल महिला, अपाङ्गता, ‘ख’ वर्ग, दलित महिला, ६० देखि ७० वर्षीय दलित ज्येष्ठ  नागरिक र स्वास्थ्य स्वयंसेविकालाई बिमा गर्नको लागि आउँदो असार १५ गते सम्म वडामा सम्पर्क गर्न वडाले आह्वान गरेको छ । उनीहरूको बिमा बापतको ५० प्रतिशत शुल्क समेत वडाले भुक्तानी गर्ने वडा अध्यक्ष कार्कीले बताए । 

 

स्वास्थ्य बिमा गर्न ५ जना सम्मको परिवारलाई ३५ सय भुक्तानी तिर्नु पर्छ । जसको ५० प्रतिशत वडाले तिर्दिने भएको हो । 

 

वडाले भनेको छ ‘यदि स्वास्थ्य बिमा गर्न चाहानु हुन्छ भने असार १५ भित्र सम्पर्क गर्नु सम्पर्क व्यक्ति कुमारी तामाङको सम्पर्कमा आउन विनम्र अनुरोध गर्दछ ।’