खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठले ‘मेरो फेसबुक पोस्टमा लाइक, कमेन्ट र शेयर गर्नुहोस् भनेपछि गालीको ‘वर्षा’ ‘मुकुन्दे’ बन्नदेखि गाईको अनुहार परेको ‘गोरू’ सम्म

| जेठ ३०, २०८० मंगलबार

A A A
A A A

३० जेठ, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले फेसबुकमा लाईक, कमेन्ट गरिदिन आग्रह गरेका छन् । उनले धेरै लाइक, कमेन्ट र शेयर भएमा आफूलाई सन्तुष्टि मिल्ने दाबी गरेका छन् । पालिका अध्यक्ष श्रेष्ठको यो पोस्टमा भने गालीको वर्षा भएको छ । 

 

 

पालिका अध्यक्ष श्रेष्ठले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमै स्टाटस् लेख्दै आफूले पोस्ट गरेको स्टाटसमा लाइक, कमेन्ट र शेयर गरिदिन भनेका हुन् । प्रविधिसँगै अगाडि बढ्नु पर्नेमा जोड् दिँदै आएका श्रेष्ठले भनेका छन् ‘जति धेरै त्यसमा लाइक आउँछ, धेरै कमेन्ट आउँछ र जति धेरै सेयर हुन्छ त्येतिनै फेसबुकले पपुलर बनाइ दिन्छ ।’

 

साथै उनले लेखेका छन् ‘मेरो फेसबुकका साथी रहनुभएका मित्रहरूमा अनुरोध गर्न चाहन्छु कि मैले पोस्ट गरेको सन्देश  धेरै धेरै लाइक कमेन्ट र सेयर  गरिदिनु ।’

 

पालिका अध्यक्षको यो पोस्टमा हामीले यो लेख तयार पार्दा सम्म ५४ जनाले कमेन्ट गरेका छन् । जसमा अधिकांशले पालिका अध्यक्षको यो आग्रहलाई उडाएका छन् । भने, कतिले गाली समेत गरेका छन् । साथै एक जना प्रदीप के थापा नाम गरेका फेसबुक प्रयोगकर्ताले ‘अर्कोचोटी दोहोरिने चेष्टा नगर्न सल्लाह दिन्छु लेखेका छन् ।’ 

 

त्यस्तै उत्तम थोकर नामक फेसबुक प्रयोगकर्ताले ‘आर्जाक तत्त्व भनेको यस्तालाई भनिन्छ भन्दै गाइको अनुहार गोरु भनेका लेखेका छन् । 

 

त्यस्तै उदय तामाङ नामक फेसबुक प्रयोगकर्ताले ‘तपाईँको चाहाना चर्चा होकि काम चर्चा नै चाहने हो भने मुकुन्दे जस्तो कराउनुस्’ लेखेका छन् । 

 

त्यस्तै सुजन श्रेष्ठ नामक फेसबुक प्रयोगकर्ताले -काम कुरा एकातिर कुम्लो बोक्छ ठिमितिर भन्थे हाम्रो हजुरबुबा ले लेखेका छन् । 

 

यो हेर्नुहोस् स्टाटस र कमेन्टहरु