‘सिडिएस’ रामेछापले नातावाद मुखी सेवा प्रदान गरेको ‘व्यापक’ गुनासो’ (भिडिओ)

| जेठ ३१, २०८० बुधबार

A A A
A A A

३१ जेठ, रामेछाप । सामुदायिक विकास समाज (सिडिएस) रामेछापले नाताबादलाई केन्द्रमा राखेर सेवा प्रदान गर्दै आएको भन्दै ‘व्यापक’ गुनासो परेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा विकास निर्माण, खानेपानी, वातावरण संरक्षण, बाटोघाटो निर्माण लगायतका विकास निर्माणसँगै दिगो विकासको अवधारणमा केन्द्रित रहेर काम गर्दै आएको (डिसिएस) ले काम गर्दा भने आफ्ना मान्छे अर्थात् पार्टी, जात जस्ता विषयसँग जोडिएर सेवा प्रदान भएको गुनासो आएको जिल्ला समन्वय समिति (जिसस) की प्रमुख चिना खड्का (कार्की) बताइन् । ‘तपाईँहरूले गरेको काममा नातावादसँग जोडेर सेवा प्रदान भई रहेको व्यापक गुनासो आएको छ । यसलाई सोच्नु होला सेवा त्यस्तो हुनु हुँदैन ।’

 

मंगलबार  जिल्ला समन्वय समिति रामेछापले यहाँ रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ,संस्थाहरूसँग समन्वय सहकार्य र नियमनको विषयमा डाकेको छलफलमा बोल्दै (जिसस) प्रमुख खड्काले यस्तो बताएकी हुन् । उनले गैरसरकारी सङ्घ,संस्थाहरूले अधिकांश निष्क्रिय भएको उल्लेख गर्दै सक्रिय रहेका (सिडिएस) जस्ता संस्थाले पनि नातावाद, कृपबाद मुखी सेवा दिन नहुने सुझाव दिइन् । 

 

विकास निर्माणमा गैरसरकारी संघ, संस्थाहरूको पनि महत्पूर्ण भूमिका हुने भन्दै यसलाई सबैसँगको समन्वय र सहकार्यमा अगाडि बढाउनु पर्ने सुझाव दिइन् । साथै (जिसस) प्रमुख खड्काले (जिसस) विकास निर्माण विरोधी नभएको जिकिर गर्दै दार

उनले तामाकोसी सेवा समितिले गरेको काम विगत देखिनै प्रशंसा गर्न लायक भएको उल्लेख गर्दै आगामी दिनमा पनि नीति र विधि अनुसार हुनु पर्ने बताइन् । 

 

उनले सबै संघसंस्थाहरुले दीर्घकालीन हुनु पर्ने भन्दै ‘बिरुवा रोपियो । फोटो खिचियो । भुक्तानी बुझियो । तर, त्यसपछि ती बिरुवा मरेर गए पनि वास्ता नगर्ने चलन बनेको छ त्यो हैन गरेको काम टिकाउ हुनु पर्छ’  भनिन् ।

 

(जिसस) ले गैरसरकारी सङ्घसंस्था छलफल गर्न डाकेको उक्त बैठक सम्बन्धित सरोकारवालाहरू नगएपछि केही समय बसेर स्थगित भएको थियो । यसरी आफूहरूले पठाएको सूचनालाई बेबस्ता गरेर कोही नआएको प्रति पनि (जिसस) के हो र ? भन्ने तरिकाले हेरे अप्ठ्यारो पर्न सक्ने चेतावनी दिइन् । उनले (जिसस) कसैलाई नराम्रो गर्न पक्षमा नरहेको भन्दै सबै सहकार्य र समन्वय गरी अगाडि बढ्ने कुरालाई नलत्त्याउन आग्रह गरिन् ।