खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाइ भाँडभैलो, वडा नं ६ का स्थानीयले गरे ३ घण्टा सम्म बैठक अवरुद्ध (भिडिओ)

| जेठ ३२, २०८० बिहिबार

A A A
A A A

३२ जेठ, रामेछाप । बुधवार खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाइमा भाँडा–भैलो मच्चिएको छ । पालिकाको सभा हलमा ९ वटै वडाका वडा अध्यक्ष, केही पत्रकार सहित पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने सहितको उक्त सार्वजनिक सुनुवाइमा वडा नं ६ को सडकलाई भनेर छुट्टिएको बजेट पालिकाले रोकेपछि ३ घण्टा सम्म बैठक नै अवरुद्ध हुने गरी पालिकाको विरोध भएको हो । वडा नं ६ माकादुमका युवाहरूको टोलीले गरेको विरोधमा केही सामान्य घाइते समेत भएका छन् । 

 

वडा नं ६ माकादुको सडकलाई रु २७ लाख बजेट छुटिएर रातो किताबमा समेत छापिएर सार्वजनिक भए पनि पालिकाले उक्त बजेट वडालाई नदिने र योजना अलपत्र पारेपछि सो वडाका युवाहरूले पालिका अध्यक्षलाई बजेट किन रोकेको भनेर सवाल जवाफ माग्दा ‘म पालिका अध्यक्ष बोल्दै छु त चुपोलागेर बस् भनेपछि यस्तो भयो’ सौरभ केसीले रामेछाप  टाइम्सलाई दिए । 

 

बैठकमा वडाका युवाहरूको टिमले सशक्त विरोध जनाएपछि बैठक ३ घण्टा अवरुद्ध भएको वडा नं ६ माकादुकमा स्थानीय केसीको भनाई छ । ‘३ घण्टा जति अवरुद्ध भयो । पालिका अध्यक्षहरू उहाँको कोठामा गएर बसेपछि त्यो बजेटले निरन्तरता पाउँछ भनेपछि सञ्चालन भयो ।’

 

त्यस्तै अर्का स्थानीय सन्दीप कार्कीले पनि विधि र प्रकृियाले बजेट पर्दा पनि वडालाई वायस गरेर वडा अध्यक्षलाई एक्लो बनाएपछि हामीले त्यसको विरोध गरेको रामेछाप टाइम्सलाई बताए । पालिकाले विधि र प्रकृियाले अनुसार बजेट खर्च गर्नुको साटो जे मन लाग्यो त्यही गरेर वडालाई छुटाएको बजेट समेत खर्च गरेपछि त्यसको विरोध गरेको सन्दीपले बताए । 

 

 

पालिकाले चालु आर्थिक वर्षमा हाल सम्म सञ्चालित योजनाको बारेमा नागरिकलाई जानकारी गराउने उद्देश्यले कानुनतः गर्नै पर्ने सार्वजनिक सुनुवाइ गरेको हो । 

 

भिडिओ हेर्नुहोस्