काँग्रेसको जिल्ला सम्मेलन भव्यताको साथ सकियो : कमी-कमजोरीलाई आत्मा आलोचना गर्दै पार्टीलाई एक ढिक्का बनाएर लानु पर्नेमा नेताहरू एक मत (फोटोफिचर)

| जेठ ३२, २०८० बिहिबार

A A A
A A A

३२ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापले जिल्ला सम्मेलन भव्यताको साथ सम्पन्न गरेको छ । बुधवार पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)को अध्यक्षतामा मन्थली स्थित सामुदायिक भवनमा करिब हजार जनाको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो । पार्टी केन्द्रीय सह-महामन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न १४ औँ जिल्ला अधिवेशनपछिको पहिलो जिल्ला सम्मेलनमा पार्टी सभापति कान्छाराम, सचिव दीपक खड्का र कोषाध्यक्षले पेस गरेका प्रतिवेदन पास गर्दै सकिएको हो ।

 

स्थानीय तह, संघ र प्रदेश निर्वाचनपछि भएको यो राजनीति जमघटमा नेताहरूले पार्टीलाई थप सशक्त तरिकाले लाग्नु पर्ने र वडा, टोल–टोल, सम्म समिति गठन, पुनर्गठन गर्दै पार्टीका सबै नेता कार्यकर्ता एक भएर लाग्नु पर्नेमा जोड् दिएका छन् । यसरी लागेमा पार्टीले आगामी निर्वाचनमा गठबन्धन बिना चुनाव लड्न सक्ने दाबी गरे । आन्तरिक कमी कमजोरीलाई सुधार्दै पार्टीको शुभेच्छुक संगसंस्थाहरुलाई समेत पूर्णता दिएर विकास निर्माणमा लाग्न नेताहरू एक मत देखिएका छन् । 

 

केन्द्रीय सह महामन्त्री पाण्डेले पनि स्थानीय तहमा वडा अध्यक्ष, पालिका अध्यक्ष, उपाध्यक्ष,, नगरपालिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिले राम्रो काम गरेर देखाएर पार्टी प्रति विश्वास जगाउने वातावरण बनाउनु पर्नेमा जोड् दिएका हुन् । 

 

आ–आफूले यो बिचमा गरेका कमी कमजोरीलाई आत्मालोचना समेत गर्न भ्याएको काँग्रेसको यो जिल्ला सम्मेलनले पार्टीलाई एक ठाउँमा उभ्याएर विकासको बाटोमा हिँड्ने वातावरण तयार पर्नु पर्ने सभापति कान्छारामले आग्रह गरे ।

 

त्यस्तै निवर्तमान पार्टी सभापति एवं रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले विगतमा भएका कमजोरीलाई सुधार तर्फ गएकाले अब विरोधका लागि विरोध नभई विकास निर्माणमा सबैले साथ सहयोग, सुझाव दिँदै पार्टीलाई जनताको विश्वास र भरोसाको पार्टी बनाउन लाग्ने बेला आएको उल्लेख गरे । उनले केही विषयमा सभापतिसँग असन्तुष्टि रहेको स्वीकार गर्दै अब त्यो समाधान भएको बताएका हुन् । 

 

भिडिओ र फोटोहरु हेर्नुहोस् , भिडिओ/फोटो मिलन घिमिरे / रामेछाप टाइम्स

 

बद्री पाण्डेले के-के भने भिडिओमा हेर्नुहोस्
 

नेपाली कांग्रेस रामेछापले यसरी सम्मान गर्यो अग्रजलाई

 

 

पार्टी सभापति कान्छारामले के-के भने हेर्नुहोस् भिडिओमा

 

निवर्तमान पार्टी सभापति लवश्री न्यौपानेले के-के भने हेर्नुहोस् भिडिओमा