गौश्वारामा वडा सदस्य मगरले रातारात उठाएर विद्यालयको लाखौं पर्ने सामान, चोरी भएको खुलेपछि गाउँलेलाई ‘पावर’को धम्की

| असार २, २०८० शनिबार

विद्यालयको सामान लगेर बनाएको सुंगुर फार्म
A A A
A A A

२ असार, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौश्वाराका जन निर्वाचित वडा सदस्य हरिबहादुर मगरले विद्यालयको सामान बिन अनुमति उठाएका छन् । उनले वडाको शिवलेङगेश्वर मा.वि ताम्चेतको विद्यालय परिसरमा राखेको जस्तापाता, फलाम, काठ-पात लगायतका सामाग्री राति गाडी लिएर गएर चेरी गरेको गौश्वराका स्थानीयले रामेछाप टाइम्सलाइ जानकारी  दिएका छन् । 

 

वडा सदस्यमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित बनेका मगरले विद्यालयको लाखौँ मूल्य पर्ने एक पटक प्रयोग गरी निकालेर राखिएका काठ, जस्तापाता, फलामका विभिन्न सामाग्री गत जेठ २० गते राति करिब ८ बजेको समयमा गाडी लगेर राता-रात गायप पारेको सोही विद्यालयको व्यवस्थापन समिति (विव्यस) ले का एक पदाधिकारीले रामेछाप टाइम्सलाई बताएका हुन् । ‘रातारात गाडी लगेर सबै उठाएछन् । उहाँ शिवलेङगेश्वर मा.वि ताम्चेतको विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्य हुनुहुन्छ । अहिले उहाँले उक्त सामान उठाएको खुलासा भएपछि भने गाउँलेलाई पद र पावरको धम्की दिन थालेका छन्’ (विव्यस) समितिका एक सदस्यले नाम नखुलाउने शर्तमा रामेछाप टाइम्सलाई बताए ।

 

(विव्यस) का ती सदस्यका अनुसार वडा सदस्य मगरले अहिले मसँग पद छ, पावर छ तिमीहरूले के गर्न सक्छौँ भन्ने धम्की दिन थालेका हुन् । उनको यस्तै धम्कीको भाषाले विद्यालयले समेत केही कारबाही प्रक्रिया अगाडि नबढाई लाखौँको सामान रातारात गाएप भए पनि चुपचाप बसेको स्थानीयहरूको बुझाइ छ । 

 

जागिर जोगाउने नाममा विद्यालयका प्रधानाध्याकप भने घटना थापथुम पार्न चुपचाप ।
कसैलाई जवाफ नदिने 

रातारात चोरी भएको जस्तापाता, काठ प्रयोग गरेर वडा सदस्य मगरले ३०/४० वटा सुगुर अट्ने फार्म बनाएका छन् । वडा र पालिकाबाट कृषि तथा पशुपालन अनुदान कुम्ल्याउनले उद्देश्यले मगरले विद्यालयका सामान उठाएर रातारात फर्म तयार पारेका हुन् । उनले सबै विद्याको सामाग्रीले फार्म तयार पारेको ती स्थानीयहरूको भनाइ छ । 

 

यसैबिच सामान रातारात गायप पारिएको विषयमा बुझ्न खोज्दा विद्यालयका प्रधानाध्यापक चतुर्मान तामाङले भने पत्रकार हुँ भन्ने बित्तिकै फोन काटे । दोहोर्‍याएर फोन गर्दा उठाएनन् । उनी ३ महिना अगाडि मात्रै (प्रअ) मा नियुक्त भएका हुन् । आफ्नो जागिरमा समस्या हुने डरले विद्यालयका जिम्मेवार व्यक्ति सामान उठाएको स्पष्ट हुँदा पनि देखे नदेखे जसरी डराएर बसेका हुन् । 

 

यता माओवादी केन्द्रकै नेता समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीलाल थापा मगरले भने सामान उठाउने  बेला आफू काठमाडौँ गएकाले सबै यथार्थ जानकारी नभएको रामेछाप टाइम्सलाई बताए । उनले भने ‘म त्यति बेला काठमाडौँमा थिए । २/४ दिनपछि फिर्ता ल्याउने गरी लानु भएको भन्ने सुनेको छु । नसोधी लगेको है न । तर, कसरी बाहिर गयो त्यो अच्चम लाग्यो ।’ 

 

उनले घटना बाहिर जान लागेको विषयमा चासो दिँदै सामान चोरी भने नभएको दाबी गरे । 

 

त्यस्तै सामान रातारात उठाउन हरिबहादुरले भने नयाँ जस्ता आउन केही दिन लाग्ने भएकाले छाउनको लागि २-४ वटा लगेको बताए । उनले आफूले सल्लाह गरेर सामान उठाएको बताउन खोजे तर, को सँग सल्लाह गरेको भने भन्न सकेनन् । साथै त्यो ठाउँमा गाडी पनि जाँदैन । मैले सोधेरै २-४ दिनको लागि भने ३/४ वटा ल्याएको हो । चोरेको हैन कसैलाई धम्की पनि दिएको छैन भने । उनले रामेछाप टाइम्ससंग म त्यस्तो गर्नु हुँदैन भन्ने कुरामा सचेत छु । कसैले व्यक्तिगत रिसिबिका कारण त्यस्तो आरोप लगाए भन्दै आफ्नो बचाउ गरे । 

 

वडा सदस्य मगरले रातारात सामाग्री किन उठाउनु भयो भन्ने रामेछाप टाइम्सको प्रश्नमा उनले मैले उठाएको छैन भन्ने हैन मात्रै भने । पत्रकारलाई किन र कसले भन्यो भन्ने विषयमा उनले बढी चासो दिन खोजे । 

 

तर, गौश्वराका स्थानीहरुले भने वडा सदस्य थापा मगरले राता-रात सामान उठाएर अहिले पहुँच र पावरको धाक दिँदै हिड्न थालेको गुनासो गरेका छन् । स्थानीयहरुले रामेछाप टाइम्सलाई दिएका सप्रमाण हामीसंग सुरक्षित छन् ।