चालु आर्थिक वर्षमा गोकुलगंगा गाउँपालिकाको समग्रमा ९०% बजेट खर्च, आगामी वर्षको लागि ६० करोड ल्याउने तयारी

| असार ४, २०८० सोमबार

फाइल फोटो ।
A A A
A A A

४ असार,रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ६० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरी रहेको प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘गत वर्षको भन्दा १० करोड हाराहारीमा बजेट घटेर ल्याउन तयारी छ । ‘भोलम’ मात्रै बढाएर ल्याउने बन्दा पनि कार्यान्वयन गर्न सक्ने बजेटको तयारीमा छौँ ।’ 

यो पालिकाले समग्रमा ९० देखि ९५ प्रतिशत प्रगति हासिल गरेको सोमबार रामेछाप टाइम्ससंगको कुराकानीमा बताएका हुन् । सो पालिकाले ६ महिनामा २०.२८ प्रतिशत खर्च गरेको थियो । भने, पुँजीगत तर्फ ६.५९ प्रतिशत खर्च गरेको थियो ।  त्यस्तै गत वैशाख मसान्त सम्म ५५.९४ प्रतिशत बजेट खर्च गरेको जनाएको थियो । 

 

‘अहिले सम्म ७० प्रतिशत खर्च भइसक्यो, अब अन्त्य सम्म पुग्दा ८० देखि ८५ प्रतिशत खर्च हुन्छ ।’

 

चालु आर्थिक वर्ष २०७९/८० मा पालिकाले ७४ करोडको बजेट ल्याएको थियो । आन्तरिक स्रोत कम भएका र संघीय र प्रदेश सरकारले पनि बजेट घटाएर पठाएकाले बजेट घट्न लागेको प्रशासकीय प्रमुख थापाले जानकारी दिए । पालिकाको तत्कालीन अवस्थामा करिब ७२ लाख बराबरको मात्रै आन्तरिक स्रोत छ । 

 

प्रमुख प्रशासकीय अधिकृत थापाका अनुसार चालु आ.व.मा पालिकाले हालसम्म ७० प्रतिशत बजेट खर्च गरी सकेको छ । भने, चालु आर्थिक वर्षको अन्त्य हुँदा ८० देखि ८५ प्रतिशत खर्च गर्ने लक्ष्य पालिकाले लिएको छ । ‘अहिले सम्म ७० प्रतिशत खर्च भइसक्यो, अब अन्त्य सम्म पुग्दा ८० देखि ८५ प्रतिशत खर्च हुन्छ ।’

चालु आ.व.मा स्थानीय तहहरूले कोरोना महामारी, चुनावी वर्ष, चर्को मूल्य वृद्धि र आर्थिक मन्दी लगायतको असर खेपेका छन् । यस्तो अवस्थामा गोकुलगंगाले भौतिक प्रगतिमा ९५ प्रतिशत प्रगति गरेको प्रशासकीय प्रमुख थापाले जानकारी दिए । त्यस्तै ८० देखि ८५ वित्तीय प्रगति हासिल गरेको छ । 

 

पालिकाले निकै जोड् दिएको प्रशासकीय भवन र ठोसे हुँदै जट्ठा पोखरी, पाँच पोखरी जाने पर्यटकीय मार्ग निर्माणको योजनाहरू निर्माणको चरणमा रहेको बताउँदै ‘यो वर्षको बजेटमा यी योजनाले विशेष महत्त्व रहेको छ ।’ साथै वर्खायाममा पनि सबै वडामा सहजरुपमा सवारी आवत-जावत गर्न सक्ने गरी सडकहरु मर्मत, कालोपत्रे भएको उनको भनाई छ ।