गुम्देलः ५० ज्येष्ठ नागरिक र ५० अपाङ्गता भएकालाई ‘इलेक्ट्रिक जग’, फ्रिकेम टोललाई एक सय कुर्सी र राउन टेबल

| असार ४, २०८० सोमबार

A A A
A A A

४ असार, रामेछाप । गुम्देल वडा कार्यालयले ज्येष्ठ नागरिकलाई पानी तताउने ‘इलेक्ट्रिक जग’ प्रदान गरेको छ । हिजो आइतबार पालिकाको सशर्त आर्थिक सहयोगमा शारीरिक रूपमा फरक क्षमता (अपाङ्ग) भएकाहरू र ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई उक्त जग प्रदान गरिएको वडा सचिव हरि वंश अर्यालले रामेछाप टाइम्सलाई जानकारी दिएका छन् । 

 

उनका अनुसार वडाका ५० जना ज्येष्ठ नागरिक र ५० जना फरक क्षमता भएकाहरूलाई बत्तीबाट पानी तताउने मिल्ने ‘इलेक्ट्रिक जग’ प्रदान गरिएको हो । दुई शीर्षकमा गरी १ लाख ५० हजारको लागतमा उक्त सामाग्री खरिद गरी आइतबार सोही वडाका वडा अध्यक्ष ङातिण्डू शेर्पाले प्रदान गरेका हुन् । 

 

सोही अवसरमा उमाकुण्ड गाउँपालिकाको भौगोलिक रूपमा दुर्गमा मानिने वडा नं १ गुम्देलले ‘दलित लक्षित कार्यक्रम’ अन्तर्गत सो वडाका दलित समूह फिर्केम बस्तीमा रहेका बि‍.क. (घिमिरे) टोलाई कुर्ची र टेबल प्रदान गरेको छ । 

वडाको एक लाख बजेटबाट खरिद गरिएको प्लास्टिकको कुर्सी र टेबल वडाका दलित महिला सदस्य समेत रहेकी ममयाँ बि.कलाई १००  थान कुर्सी र ५ वटा राउनटेवल जिम्मा लगाएको सचिव अर्यालले रामेछाप टाइम्सलाई बताएका हुन् ।

 

यसैबिच आफूले वडामा जनता र वडाको सेवा गर्न लागि परेकाले सहेको काम गर्ने वडा अध्यक्ष शेर्पाले रामेछाप टाइम्सलाई बताए । बजेट बनाउने क्रममा रहेकाले सबैको साथ सहयोग लिएर आफ्नो वडामा बजेट पार्ने लागि परेको उनको भनाई छ ।