स्थानीय तह धमाधम बजेट बनाउँदैः चालु आवमा मन्थली नगरको खर्च समग्रमा ८० प्रतिशत, कति बजेट ल्याउँदै छ ?

| असार ४, २०८० सोमबार

A A A
A A A

४ असार, रामेछाप । आउँदो असार १० गते बजेट ल्याउने तयारीमा स्थानीय तह धमाधम बजेट बनाउन जुटेका छन् । बजेट ल्याउनै पर्ने बाध्यता पनि स्थानीय तहहरूलाई छ । जिल्लामा दुई नगरपालिका र ६ गाउँपालिका गरी आठ स्थानीय तह छन् । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले १० गते १३ औँ नगर सभा आह्वान गरेको छ । 

 

नगरपालिकाको सभा हलमा बिहान १० बजे अधिवेशन आह्वान गरिएको नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै जानकारी दिएको छ । जसअनुसार नगरपालिका त्यसको तयारीमा समेत जुटेको नगरपालिका सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिए । 

 

मन्थली नगरपालिकाले हाल सम्म समग्रमा ६० देखि ६२ प्रतिशत बजेट खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘६०÷६२ प्रतिशत खर्च भयो । धमाधम भुक्तानीको काम भइरहेको छ । यो क्लोजिङ (बन्द) सम्म पुग्दा ७० देखि ८० प्रतिशत सम्म खर्च होला ।’ चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएका वडा कार्यालयहरूको काम नसकिँदा भुक्तानी नगरले सोचे अनुसार हुनु नसकेको प्रशासकीय प्रमुख चापागाईँले बताए । 

 

उनले बजेट कति ल्याउने भन्ने बारेमा भोलि मंगलबार सम्म टुङ्गो लाग्ने बताए । तर, गत वर्षको भन्दा संघ र प्रदेशबाट आउने बजेट ८÷९ करोड घटेर आएकाले त्यही अनुपातमा बजेट घट्ने बताए । समग्रमा ६५ प्रतिशत खर्च हाल सम्म भएको बताए । 

 

अन्य स्थानीय तहहरूले पनि सोही दिन बजेट ल्याउने तयारी गरी रहेका छन् ।