शैक्षिक र विद्यालयको तत्कालीन अवस्था बारे मन्थली माविले अभिभावकसँग गर्‍यो छलफल

| असार ५, २०८० मंगलबार

A A A
A A A

५ असार, रामेछाप । मन्थली माविले आफ्ना विद्यार्थीका अभिभावकसँग अन्तरक्रिया गरेको छ । विद्यार्थी, शिक्षक र अभिभावकबिचको त्रिकोणात्मक सम्बन्धलाई थप सुमधुर बनाई विद्यालयको पठन पाठनलाई कसरी थप मजबुत बनाउन सकिन्छ भन्ने धेयले आइतबार कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई बोलाएर सुझाव सहितको छलफल गरेको हो ।

 

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले पारदर्शिता र सुशासनको माध्यमबाट विद्यालयको शैक्षिक गुणस्तरको अवस्थालाई थप गुणस्तिरिय   बनाउन यो छलफलले टेवा पुग्ने विद्यालयको विश्वास रहेको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले बताए । 

 

उनले  विद्यालयको वर्तमान शैक्षिक अवस्था र तीनका चुनौतीका बारेमा बुझ्नेको लागि यो छलफल राखिएको स्पष्ट पारे । (प्रअ) दाहालले विद्यालय प्रशासनले व्यवस्थापन समितिले गरेको निर्णयबाट बनेको नीति र विधिका आधारमा काम गर्दे अगाडि बढेकाले विद्यालयको पारदर्शितामा कुनै शंका नगर्न आग्रह गरे । ‘त्यसमा पनि कसैलाई चासो र शंका लागेमा विद्यालयमा आएर आर्थिक तथा शैक्षिक लगायतका विषयमा जानकारी लिन सक्नु हुन्छ’ दाहालले भने ‘विद्यालयभित्र र बाहिरै भेटेर भए पनि सुझाव दिन बुझ्न सक्नु हुन्छ ।’

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष (विव्यस) श्याम सुवेदीले विद्यालयलाई सामाजिक सञ्जालमा बेला–बेलामा आउने भ्रमपूर्ण अविब्यक्ति  र अनावश्यक मुद्दा मामलाले वाक दिक दिक्क पारेको बताउँदै चिन्ता व्यक्त गरे । साथै त्यस खालका गतिविधिले विद्यालयको पठनपाठनमा समेत अवरोध पुर्‍याएको उनको दुखेसो छ । ‘त्यस खालका गलत अभिब्यक्तीविरुद्ध अविभाबकहरुबाट सकारात्मक सहयोगको अपेक्षा छ । त्यस्ता कुराको पछि लागेर हजारौँ विद्यार्थीको भावनामा चोट पुर्‍याउने काम गर्नु हुँदैन ।’ 

 

(विव्यस) अध्यक्ष सुवेदीले पनि विद्यालयभित्र र प्रशासनिक निकायभित्र कुनै समस्या भएको लागे त्यसको समाधानका लागि पनि आफूहरू तयार रहेको बताए । आफ्ना बाल बच्चाहरूको शैक्षिक सुधार गर्न र विद्यालयको शैक्षिक गतिविधि सुधार्न सबैले सहयोग गर्नु पर्मेमा जोड् दिए । 

 

शैक्षिक गुणस्तर र अनुशासन कायम गर्नका लागि अभिभावक शिक्षक र व्यवस्थापन समितिले निर्वाह गर्नु पर्ने

त्यस्तै विद्यालयले अन्य कक्षाको हकमा पनि अविभावकहरुसंग थप सुझाव सहितको अन्तरक्रिया कार्यक्रम चाँडै गर्ने जानकारी दिएको शिक्षक चन्द्र सिंह धामीले बताए । उने पहिलो चरणमा कक्षा १० का विद्यार्थीहरूका अभिभावकसँग शैक्षिक अवस्था बारेमा छलफल गरिएको जानकारी गराउँदै सुधार गर्नु पर्न कुराहरू छलफलमा उठेको बताए । 

 

सो अवसरमा उनले विद्यालयको शैक्षिक गुणस्तर र अनुशासन कायम गर्नका लागि अभिभावक शिक्षक र व्यवस्थापन समितिले निर्वाह गर्नु पर्ने भूमिकाका  बारेमा पनि चर्चा गरिएको थियो । 

 

वडा नं ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापासहितको उपस्थितिमा भएको उक्त शिक्षक र विद्यार्थीहरूको कमी कमजोरी भए त्यसलाई न्यूनीकरण गर्दै शैक्षिक गतिविधिमा सुधार गर्नु पर्ने विषयमा चर्चा परिचर्चा गरेको पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँ घरेले जानकारी दिए ।