रामेछापका लक्ष्मण सेन्चुरीले ३० सेकेण्डमा यसरी राखे विश्व कृत्तिमान (भिडिओ)

| असार ६, २०८० बुधबार

A A A
A A A

६ असार, रामेछाप । ३० सेकेण्डमा १४ पटक ‘पुसअप’ सँगै ‘ब्याक फ्लिप’ गरी रामेछापका लक्ष्मण सेन्चुरी (बि.क) ले विश्व रेकर्ड राखेका छन् । गत २०७९ साल फागुन १ गते मन्थली स्थित आकाशे खेल मैदानमा ‘विश्व कृतिमान’ कायम गर्न तोकिएको मापदण्ड भित्र रहेर ३० सेकेण्डमा १४ पटक  ‘पुसअप’सँगै ब्याक फ्लिप गरी विश्व कृतिमान किताबमा नाम लेखाएको उनका दाइ राम सेन्चुरीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘उहाँ अहिले कामको  सिलसिलामा भारतमा हुनु हुन्छ । गत फागुनमा गरेको प्रक्रिया अनुसार करिब ४ महिनापछि विश्व कृत्तिमान राखेको प्रमाणपत्र प्राप्त भएको हो ।’

 

मन्थली नगरपालिकाका सेन्चुरीले पहिले घुँडाले बल चेपी ‘ब्याकफिल्प’ १० पटक भन्दा माथि गर्दै विश्व कृतिमान राख्ने प्रयास गरेका थिए । तर, उनको रेकर्ड राख्ने प्रक्रियामा अन्य देशबाट तोडिएपछि उनले ‘पुसअप’ सँगै ‘ब्याक फ्लिप’ गरी ‘गिजिन वल रेकर्ड’मा नाम लेखाएका हुन् । 

 

 

उनी विभिन्न फिल्ममा स्टन् गर्ने, म्युजिक भिडियो डान्सर सहित शारीरिक कसर सम्बन्धि क्षेत्रमा सक्रिय छन् ।