उमाकुण्ड गाउँपालिकाले ल्यायो ६० करोड ५८ लाख बढी बजेट, कुन वडालाई कति ? (सूची/भिडिओसहित)

| असार ९, २०८० शनिबार

A A A
A A A

९ असार, रामेछाप । उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६० करोड बढी बजेट ल्याएको छ । योसँगै जिल्लामा उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि सबै भन्दा पहिले बजेट ल्याउने पालिका पनि बनेको छ । आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट पनि ल्याएको हो । 

 

शुक्रवार पालिकाको सभा हलमा गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले पालिका अध्यक्ष एवं सभाका अध्यक्ष शेरबहादुर सुनुवार र प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ सहित ७ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र पत्रकारको उपस्थितिमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कूल ६० करोड ५८ लाख ६३ हजार १ सय रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । 

बजेट सार्वजनिक गर्दै उपाध्यक्ष सुनुवार

जसमा संघीय सरकारबाट रु ८० लाख विशेष अनुदान प्राप्त हुने  अपेक्षा गरिएको उल्लेख छ । भने, बागमती प्रदेश सरकारबाट रु ५० लाख बराबरको विशेष अनुदान प्राप्त हुने उल्लेख छ । 

 

पालिकाले संघीय र प्रदेश विशेष अनुदान तर्फ कुल रु १ करोड ३० लाख प्राप्त हुने अनुमान गरेको उपाध्यक्ष सुनुवारले बताइन् । आन्तरिक तर्फ रु ६२ लाख २० हजार, बाह्य आम्दानी तर्फ रु ५८ करोड ३४ लाख ३२ हजार १ सय, प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ रु ६२ लाख ११ हजार, गाउँपालिका मौज्दात तर्फ रु १ करोड गरी बजेट अनुमानित गरिएको बजेट सार्वजनिक गर्दै उपाध्यक्ष सुनुवारले बताइन् । 

७ वटा पालिका रहेको यो पालिकाले वडा नं १ गुम्देललाई–४७ लाख, वडा नं २  बाम्तीभण्डारलाई–४८ लाख, वडा नं ३ कुँबुँकाँस्थलीलाई ४७ लाख, वडा नं ४ प्रितीलाई–४७ लाख, वडा नं ५ प्रितीलाई–४२ लाख, वडा नं ६ गुप्तेश्वरलाई–४२ लाख र वडा नं ७ भुजीलाई  ४५ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष सुनुवारले सार्वजनिक गरिन् ।

 

बजेट किताबमा छापिएको सूची हेर्नुहोस्

बजेट सार्वजनिक सभा भिडिओ हेर्नुहोस् ।