उमाकुण्ड गाउँपालिकाले पालिकाभरिको खाने पानीको ‘स्वच्छता जाँच’ गर्ने

| असार ९, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

९ असार, रामेछाप । उमाकुण्ड गाउँपालिकाले पालिकाभरिको खानेपानीको स्वच्छता जाँच गर्ने भएको छ । 

 

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उपाध्यक्ष सावित्री सुनुवारले पालिका भित्रका ७ वटै वडामा रहेका खानेपानीको स्वच्छता जाँच गर्ने बजेट व्यवस्थापन गरेको बताएकी हुन् । 

 

त्यस्तै सिसा जन्य सामाग्री बोतलहरू जस्ता सामाग्री जताततै फाल्नेलाई कानुनी दायरामा ल्याउने र फालेका सिसालाई उचित व्यवस्थापन गर्ने योजना सार्वजनिक गरेको हो । 

 

यो पालिकाका सबै वडामा खानेपानीको सुविधा रहेको छ । यहाँ खानेपानीको मुहानहरू पर्याप्त रहेका छन् । खानेपानीको अभाव सामान्य बाहेक यहाँ अभाव देखिँदैन । तर, यसको व्यवस्थापनमा भने केही ध्यान दिनु पर्ने स्थानीयहरू बताउँछन् ।