उमाकुण्ड गाउँपालिका : पालिकाको केन्द्रबाटै प्रतिलिपि सहितको नागरिकता प्रदान गर्ने

| असार ९, २०८० शनिबार

A A A
A A A

९ असार रामेछाप । उमाकुण्ड गाउँपालिकाले पालिकाको केन्द्रबाटै प्रतिलिपि सहितको नागरिकता प्रदान गर्ने भएको छ । 

 

आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गर्दै उपाध्यक्ष सावित्री सुनुवारले त्यसको लागि बजेट व्यवस्थापन गरिएको बताइन् ।  उनले पालिका भित्र बन्ने घर लगायतका संरचनाहरू वडाबाट नक्सा पास गर्ने व्यवस्था गरिने पनि बताइन् ।

 

पालिका अध्यक्ष शेरबहादुर सुनुवारले पत्रकारहरुसंग कुरा गर्दै भने ‘जिल्लाको नापी र मालपोत पनि यही ल्याउँछु । जिल्ला नापी र मालपोत सेवालाई समन्वय गरेर पालिकाबाटै सेवा प्रदानको लागि प्रस्ट भनेको छ । त्यो गर्छौँ । र, सदरमुकाम मन्थलीबाट जारी हुँदै आएको इलाका प्रशासन कार्यालय लाप्चानेको नामको नागरिकता अब पालिकाबाटै प्रतिलिपि सहित दिने गरी काम गर्छौँ ।’ 

 

उनले त्यसको लागि आवश्यक पहल पनि भई रहेको जानकारी दिए ।