उमाकुण्ड र लिखु तामाकाेशीमा चट्याङ लागेर २ हल गाेरु सहित आधा दर्जन पशु मरे, एक जना घाइते

| असार १०, २०८० आइतबार

फाइल फाेटाे
A A A
A A A

१० असार, रामेछाप । उमाकुण्ड र लिखु तामाकाेशी गाउँपालिकामा आज चट्याङले लाग्दा दुई हल गाेरु सहित आधा दर्जन पशुचाैपाए मरेका छन् ।  साेही चट्याङले लागेर उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजी स्थित फास्तुकी अन्दाजी २० वर्षीय मनिषा श्रेष्ठ घाइते भएकी छन् । उनकाे चट्याङको छर्राले लाग्दा बाया खुट्टाको घुँडामाथी सामान्य चोट लागेको र अवस्था सामान्य रहेको  जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

आइतबार दिउँसो बर्षात सँगै परेको चट्याङ लाग्दा फास्तु बस्ने डम्बर बहादुर श्रेष्ठले पालेको एक हल गोरु बारीमा बाँधेको अवस्थामा र साेही ठाउँ बस्ने अक्कलबहादुर सुनुवारकाे गोठमा बाँधेको अवस्थामा एक हलगोरु चट्याङ लागेर मरेकाे जिप्रका रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले जानकारी दिए । 

 

त्यस्तै लिखुतामाकोशी गाउँपालिका वडा नं ६ थामडाँडा बस्ने जयनाराण श्रेष्ठको घरको बिजुली मिटरमा क्षेति पुगेको छ । भने, उनकै गोठमा बाँधेको एउटा भैसी र १ वटा बाख्रा पनि चट्याङले लागेरै मरेका छन् ।