गोकुलगंगा गाउँपालिकाले ल्यायो ७४ करोड ४२ लाख बढीको बजेट (पूर्णपाठसहित)

| असार ११, २०८० सोमबार

A A A
A A A

११ असार, रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ७४ करोड ४२ लाख बढीको बजेट सार्वजनिक गरेको छ । 

 

 

आइतबार पालिकाको सभा हलमा पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापा, ६ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका स्थानीय, पत्रकारहरूको उपस्थितिमा उपाध्यक्ष उषादेवी कार्कीले चालु आर्थिक वर्षको भन्दा बढाएर ७४ करोड ४२ लाख ९३ हजार २ सय रुपैयाँको कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । 

गोकुलगंगा बासीहरूको ‘सुख, सुविधा, विकास र समृद्धिका लागि हाम्रो दुरदृष्टी’, ‘शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र जलविद्युत पूर्वाधार गोकुलगंगा गाउँपालिका समृद्धिको मूल आधार’ र हाम्रो दीर्घकालीन लक्ष्य ‘व्यावसायिक कृषि गोकुलगंगाको समृद्धि’ तथा ‘सभ्य, सक्षम, सुखी र सम्पन्न नागरिक एवम् सुन्दर शान्त र समृद्ध गोकुलगंगा गाउँपालिका’ निर्माणको भन्ने नारासहित यी सपनालाई साहाकार बनाउन  चालु खर्च तर्फ जम्मा रु ३८ करोड ९८ लाख ७५ हजार ७ सय रुपैयाँ तथा पुँजीगत तर्फ जम्मा कुल रु ३५ करोड ४४ लाख १७ हजार ५ सय रुपैयाँको बजेट विनियोजन गरिएको बताइन् । 

वडाअध्यक्षहरु,तस्बिर मिलन घिमिरे रामेछाप टाइम्स

पालिकाले समानिकरण अनुदान रु १ करोड २३ लाख ६५ हजार, सवारी साधन कर रु २ करोड ९२ लाख ३० हजार ७ सय २५ रुपैयाँ, समपूरक अनुदान रु १ करोड ९४ लाख, प्रदेश सशर्त अनुदान रु २ करोड ४ लाख ४० हजार, विशेष अनुदान रु ८३ लाख गरी कुल रु ८ करोड ९७ लाख ३५ हजार ७ सय २५ रुपैयाँ आय अनुमान गरिएको छ ।

उपाध्यक्ष कार्कीद्वार बजेट सार्वजनिक गरिदै, तस्बिर मिलन घिमिरे रामेछाप टाइम्स

त्यस्तै आन्तरिक श्रोत तर्फ आगामी वर्ष जलविद्युत रोयल्टी रु ५ करोड ५० लाख एवम् विभिन्न कर शुल्क दस्तुर एवम् विक्री सहित आन्तरिक श्रोतबाट रु ४ करोड ३७ लाख २१ हजार ७ सय ७५ रुपैयाँ समेत जम्मा रु ९ करोड ८७ लाख २१ हजार ७ सय ७५ रुपैयाँ आय अनुमान गरिएको छ ।

 

पूर्णपाठ हेर्नुहोस् बजेट