गोकुलगंगा गाउँपालिका नीति तथा कार्यक्रम : नागरिकको गुनासो सुन्न ‘हेलो स्थानीय सरकार’ सुचारु गर्नेदेखि ‘युवासँग स्थानीय सरकार हुने छैनन् बेरोजगार’ (पूर्णपाठ)

| असार १२, २०८० मंगलबार

फाइल फोटो ।
A A A
A A A

१२ असार, रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले पालिकाको समग्र विकास र समृद्धिका लागि सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्चमा वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण, उत्पादन र रोजगारी वृद्धि, पर्यावरणीय सन्तुलन, गरिबी निवारण, समावेशी विकास, सामाजिक विभेदको अन्त्य, स्थानीय धर्म, संस्कृति र भाषाको संरक्षण र प्रवर्द्धन जस्ता विषयहरू प्राथमिकता दिइएको उल्लेख छ । 

 

भावी पुस्तालाई समेत विचार गरी नतिजा मूलक र दिगो विकास आयोजनाहरूलाई प्राथमिकता दिँदै स्थानीयको आवश्यकता र प्राथमिकताका आधारमा टोल बस्ती स्तरबाट माग भएका वडा कार्यालयबाट सिफारिस भई आएका आयोजना समावेश गरिएको उल्लेख गरिएको छ । 

 

पालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापनको लागि राष्ट्रिय भूमि आयोग, जिल्ला कार्य समिति रामेछापसँग समन्वय गर्दै उचित व्यवस्था मिलाउने, गरिब, विपन्न घर परिवारको पहिचान, लगत सङ्कलन र स्तरीकरण गरी गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह र अनुदानमा प्राथमिकता दिइने, सबै घर परिवारको सबै ब्यहोरा खुल्ने गरी लगत सङ्कलन, पालिकाको कार्यालयमा एक विश्रामस्थल, प्रतीक्षालय सहितको ‘गोकुलगंगा सूचना केन्द्र’ स्थापना गर्ने, सबै वडा कार्यालयहरूमा सेवा प्रवाहमा सहजताका लागि सहायक कम्प्युटर अपरेटरको व्यवस्था गरी विद्युतीय माध्यमबाट राजश्व सङ्कलन, अनलाइन व्यक्तिगत घटना दर्ता एवम् वडाका तथ्याङ्कहरूलाई अद्यावधिक गर्दै लगिने नीति लिएको उल्लेख छ । 

 

त्यस्तै पालिकाले नागरिकको गुनासो सुन्न र सम्बोधन गर्न ‘हेलो स्थानीय सरकार’ संचालनको व्यवस्था मिलाइने भनिएको छ । 

 

पूर्णपाठ पढ्नुहोस्

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार