रामेछापमा मध्य असार सकिँदा रोपाई १८ प्रतिशत मात्रै

| असार १५, २०८० शुक्रबार

A A A
A A A

१५ असार, रामेछाप । आज राष्ट्रिय धान दिवस असार १५ । आज देशव्यापी रूपमा धान रोपेर मनाइँदै छ । रामेछापमा पनि सरकारी तथा गैरसरकारी कार्यालयहरूको अगुवाइमा धान रोपेर दिवसलाई मनाएका छन् । 

 

तर, असारको मध्य सम्म आइ पुग्दा भने धान रोपाई जिल्लामा कूल १८ प्रतिशत मातै सकिएको छ । कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार आज असार १५ सम्म समग्रमा १८ प्रतिशत रोपाइ सकिएको हो । 

 

माथिल्लो पहाडी भेगको रोपाइएको यकिन तथ्याङ्क नआए पनि समग्रमा १८ प्रतिशत रोपा भएको छ प्रमुख गुरुङले भनिन् । 

जिल्लामा हाल ८ हजार ४ सय ५१ हेक्टर क्षेत्र फलमा धान खेती हुँदै आएको छ । गत वर्ष यहाँ २४ हजार ६ सय ७७ मेटिक्ट्रन धान उत्पादन भएको थियो । भने, २.९९ टन प्रति हेक्टर उत्पादकत्व भएको थियो । 

 

गत वर्ष पानी पढी परेको, विभिन्न रोग किराको प्रकोप फैलिएको र मल पनि समयमा नपाउँदा उत्पादन घटेको ज्ञान केन्द्रको भनाई छ । यसपालि किसानले मल पाइसकेका छन् भने पानीको समय–समय परिरहेको अवस्था छ । यद्दयपी रोपाइमा भने प्रगति हुन सकेको छैन । 

 

 

नेपाल १५१ प्रजातिका धान सूचिकृत भएका छन् भने जिल्लामा  ४÷५ प्रजातिका धान खेती हुँदै आएको छ ।