रामेछाप ‘मोडेल सिजन–४’ बनिन् सिता कार्की र ‘लिटिल मोडेल सिजन–३’ योआना तामाङ (फोटोफिचर)

| असार १७, २०८० आइतबार

A A A
A A A

१७ असार, रामेछाप । रामेछाप ‘मोडेल सिजन–४’ को ताज मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी सिता कार्कीले जितेकी छन् । सिजन ४ को ‘विनर’ बनेकी कार्कीले क्राउन,ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद ७ हजार रुपैयाँ प्राप्त गरेकी छन् । 

 

त्यस्तै ‘‘लिटिल मोडेल सिजन–३’ मा योआना तामाङ ‘विनर’ बनेकी छिन् । उपाधि जितेकी तामाङले ‘लिटिल क्राउन’ ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद ५ हजार रुपैयाँ प्राप्त गरेकी छन् । 

 

किङस्टार क्रियसन प्रा.लिको आयोजना र जिल्लाका ८ स्थानीय तहको आर्थिक सहयोगमा सदरमुकाम मन्थलीमा शनिवार अबेर सम्पन्न ग्राण्ड फिनालेमा ‘मोडेल रामेछाप सिजन–४’ को उपाधि जित्न कार्की सफल भएकी हुन् । उनले जिल्लाका आठ वटै स्थानीय तहबाट सहभागी हुन पाउने गरी आयोजना भएको सो फिनालेमा १४ देखि २९ वर्ष उमेर भित्रका ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि /‘विनर’ बनेकी हुन् ।

 

 

त्यस्तै ६ देखि १३ वर्ष उमेर समूहका १४ जनाले भाग लिएको लिटिल मोडेल सिजन–३ मा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै तामाङले उपाधि/‘विनर’ को उपाधि जितेको कार्यक्रम संचालिका (होस्ट) मिस कस्मोपोलिएनकी ‘विनर’ प्रिया रानी लामाले उद्घोष गरिन् । 

 

जसअनुसार मोडेल तर्फ अदिक्ष्य केसी रनर अप हुँदा एण्ड्रिसा घिमिरे सेकेण्ड रनर अप बनिन् । भने,पपुलर च्वाइजमा दिक्षा महत बनिन् । 

 

त्यस्तै लिटिल मोडेल रामेछाप सिजन-३ तर्फ सरिना मगर ‘फ्रस्ट रनर अफ’ कट्रिन बोहोरा सेकेण्ड ‘रनर अफ’ हुँदा पपुलर च्वाइजमा मियोना सुनुवार बनिन् । 

 

त्यस्तै किङस्टार च्वाइजमा सुबिना गहतराज बनिन् । उपाधि विजेताहरूलाई जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्कीले, उपप्रमुख प्रेम सागर थापा, नेपाल (जेसिज) का कार्यकारी उपाध्यक्ष जीवन कार्की लगायतले पुरस्कार प्रदान गरे ।  

 

चिफ जजमा मिस नेपाल २०२० इन्टरनेस्नल विनर  सिमला कनाजुलया रहेकी थिइन् । 

 

प्रतिस्पर्धीहरु भित्र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यका साथ विगतका वर्षदेखिनै यो कार्यक्रम गर्दै आएको किङस्टार क्रियसनले आगामी वर्षमा पनि निरन्तरता दिने प्रा.लिका संचालक (सिइओ) सुमन खड्काले बताए । 

 

कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, पत्रकार, संचारकर्मीसहित स्थानीयको बाक्लो पस्थिति थियो । 

 

तस्बिर मिलन (बिक) घिमिरे/रामेछाप टाइम्स

​​​​​​