आर्थिक वर्ष ०८०/०८१ लाई खाँडादेवी गाउँपालिकाले ‘शिक्षा वर्ष’को रूपमा काम गर्ने –अध्यक्ष श्रेष्ठ

| असार १८, २०८० सोमबार

फाइल फोटो ।
A A A
A A A

१८ असार, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आउँदो वर्षलाई शैक्षिक सुधार एवं शिक्षाको  वर्षको रूपमा काम गर्ने योजना अगाडि सारेको बताएका छन् । ‘हामीले हाम्रो कार्यकालको ५ वर्षलाई ५ वटा मुख्य काम गर्ने वर्षको रूपमा विभाजन गरेका छौँ, त्यो अनुसार आउने वर्ष शिक्षाको वर्ष हो, त्यस पछिको वर्ष स्वास्थ्य वर्ष हुने छ ।’ आफूले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न चाहेकाले सबैको सहयोगको अपेक्षा गरिएको उनको भनाई छ । 

 

सोमबार पत्रकारहरुसंग कुरा गर्दै पालिका अध्यक्ष श्रेष्ठले ‘मसबै सँग मिलेर पालिकाका जनताको सेवा गर्न चाहन्छु । भ्रष्ट्राचार गर्दिन, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनहितमा काम गरेर पालिकालाई समृद्ध खाँडादेवी बनाउने सङ्कल्प गरेको छु सबैले साथ दिनु होला’ अब यो वर्ष शैक्षिक विकास गरी शैक्षिक सुधारलाई सामाजिक विकासलाई गर्नु पर्छ ।’

 

त्यसको लागि पालिकाले आउँदो वर्ष २०८०÷०८१ मा डेढ करोड भन्दा बढी रकम अर्थात् करिब १८ प्रतिशत बजेट शैक्षिक सुधार गर्न खर्च गर्ने गरी छुटाएको समेत जानकारी दिए । 

 

आधुनिक र प्रविधिको प्रयोगलाई व्यापक बनाउनु पर्नेमा जोड् दिँदै आएका पालिका अध्यक्ष श्रेष्ठले शैक्षिक सुधारको लागि ५ वटा आधारभूत कुरालाई समेटेर कार्यपालिकाले नीति समेत पारित गरेको भन्दै ‘नीति पनि पास गरेका छौँ, अब शैक्षिक सुधार गरी काम गर्ने योजनामा छु’ भने ।

५ वर्षमा १-१ कामलाई प्राथमिकता दिएर काम गर्ने योजना 

उनले पहिलो वर्ष कृषिलाई प्राथमिकता दिएको बताउँदै बाँकी रहेका ४ वर्षमा एक–एक, एक–एक कामलाई प्राथमिकता दिएर ५ काम (कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पूर्वाधार)  बनाएर काम गर्ने योजना रहेको सुनाए । 

 

यस वर्ष किसानको उत्पादन बिक्रीको लागि सुलभ मूल्य पसल स्थापना गर्ने योजना बनाइएको बताए । किसानबाट जति मूल्यमा सामान किन्यो त्यति नै मूल्यमा बिक्री गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो । सो सुपथ मूल्य पसलमा कर्मचारी व्यवस्थापन, लगायतका सबै व्यवस्थापनको काम गाउँपालिकाको कृषि अनुदान कार्यक्रम अन्तर्गत गर्ने योजना बनाएको उहाँले प्रस्ट पार्नुभयो । 

 

खाँडादेवीका किसानले उत्पादन गरेको कृषि उपजहरूलाई पालिकाले किनिदिने सुनाउँदै भने ‘किसानको उत्पादन बिक्रीको लागि सुलभ मूल्य पसल स्थापना गर्ने योजना बनाएका छौँ । किसानबाट जति मूल्यमा सामान किन्यो, त्यति नै मूल्यमा बिक्री गर्ने योजना पनि छ । सुन्दा यो पागलपन जस्तो लाग्छ तर, त्यो हैन ।