रामेछापमा  इन्टरनेट् सेवा अबरुद्ध, सेवाग्राही सास्ती

| जेठ २७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२७ जेठ, 
रामेछाप जिल्लामा नेपाल टेलिकमको इन्टरनेट् सेवा तथा टेलिफोनमा समस्या आएको छ ।

 

बिहिबार बिहानादेखि नेपाल टेलिकमको ल्यान्लाई टेलिफोन, इन्टरनेट् सेवामा समस्या देखिएको हो । टेलिफोनमा केही दिनदेखि आशिकं समस्यादेखिएकोमा बिहिबार बिहान करिव ८ बजेदेखि इन्टरनेट् सेवामा पनि समस्यादेखिएको हो ।

 

फोन गर्दा फोन नलागि कट्ने,आवज नसुनिने, बारबार टावर आउने जाने समस्यादेखि भैरहेने समस्या देखिन थालेको हो । इन्टरनेट् तथा टेलिफोनमा समस्या देखिएसंगै जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयहरुको सेवामा थप असर पुगेको छ ।

 

कोरोना महामारीले जारी बन्दाबन्दीका कारण अत्यावश्यक सेवा प्रभाह गरि रहेका कार्यालयहरुमा इन्टरनेट् अबरुद्ध भएसंगै ती काममा पनि असर पुगेको छ । त्यस्तै जिल्लाका रेडियोहरु पनि सेवाबाट बञ्चित् भएका छन् । रामेछाप टाइम्सले के समस्या हो भनि टेलिकम रामेछापको शाखामा सम्पर्क गर्न खोजेपनि हाल सम्म सम्पर्क हुन सकेको छैन् । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार