मन्थली र रामेछाप नगरपालिकाका एक-एक पुरुषको कोरोना संक्रमणबाट निधन

| जेठ २७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२७ जेठ, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमणका कारण थप दुई जना पुरुषको निधन भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान् गुमाउनेको संख्या १५ जना पुगेको जिल्ला अस्पताल रामेछाप विज्ञप्ति मार्फत जानकारी दिएको छ । 


आज ज्यान गुमाउनेमा रामेछाप नगरपालिकाका ७८ वर्षका एक पुरुष हुन् । उनी जिल्ला अस्पतालमा उपचाररत थिए । 

 


त्यस्तै अर्का पुरुष मन्थली नगरपालिका वडा नं १ का ८७ वर्षीय पुरुष हुन् । उनी काठमाडौं ओम हस्पिटलमा उपचाररत थिए । उनको गत बुधबार ज्यान गएको हो । आज दुई जनाको निधनसंगै १२ जना संक्रमित पनि थपिएका छन् । आज थपिएका संक्रमितसहित जिल्लामा संक्रिय संक्रमितको संख्या ४१७ पुगेको छ । 


आज थपिएका संक्रमितहरुमा जिल्ला अस्पतालका २ जना, दोरम्बा गाउँपालिकाका १, लिखुतामाकोशी गाउँपालिकाका ७, र सुनापति गाउँपालिका २ जना रहेका छन् ।

 

बिहिबार थप भएका १२ संक्रमितसंग गत  वैशाख ३ गते यता जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ७ सय १५ जना पुगेको छ । जसमध्ये एक हजार २ सय ८३ जना संक्रमण मुक्तभै सकेका छन् । हालसम्म जिल्लाका आठ स्थानीय तहका विभिन्न अस्पतालबाट थप उपचारको लागि १७ जना रेफर गरिएको छ ।